प्रदेशसभा निर्वाचन : १२ सिटका लागि मोरङमा एमालेबाट ९५ जना सिफारिस

आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि मोरङमा नेकपा एमालेले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ।

६ वटा संघीय निर्वाचन क्षेत्र रहेको मोरङमा प्रदेशसभाका लागि १२ वटा निर्वाचन क्षेत्र छन्। शनिबार नेकपा एमालेका १२ वटै क्षेत्रका प्रदेश समन्वय कमिटीले सम्भावित उम्मेदवारहरुको नाम माथिल्लो कमिटीलाई सिफारिस गरेको हो।

मोरङबाट प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ९५ र समानुपातिकतर्फ १३९ जनाको नाम सिफारिस भएको छ।

मोरङ संघीय निर्वाचन क्षेत्र १ को प्रदेशसभा (क) बाट प्रत्यक्षमा ७ जनाको नाम सिफारिस भएको छ। नेकपा एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडासहित पुष्प ढकाल, उमाकान्त गौतम, निरोज तिम्सिना, चन्द्रबहादुर भट्टराई, गोपाल बस्नेत र देवीप्रसाद आचार्यको नाम सिफारिस भएको छ।

सो क्षेत्रबाट समानुपातिकमा चार जनाको नाम सिफारिस भएको छ। रामकृष्ण राई, सरला राई, इन्दिरा गौतम र अम्बर धिमालको नाम समानुपातिकमा सिफारिस भएको छ।

क्षेत्र १ (ख) बाट प्रदेशसभामा प्रत्यक्षतर्फ पूर्व जिविस सभापति खड्गबहादुर बस्नेतसहित तीन जनाको नाम सिफारिस भएको छ। बस्नेतसहित डिल्लीराम शर्मा र बुद्धिमान लिम्बूको नाम सिफारिस भएको छ। त्यस्तै समानुपातिकमा शान्ति लिम्बूको नाम सिफारिस भएको छ।

मोरङ २ (क) मा प्रदेशसभाका लागि ९ जनाको नाम सिफारिस गरेको छ। मेघराज कट्टेल, डिबी कार्की, विष्णु पोखरेल, सुभाष पौडेल, वसन्त भण्डारी, नारायण ताजपुरिया, इन्दिरा बराल, हरी पौडेल र ओमप्रकाश यादवको नाम सिफारिस भएको छ।

समानुपातिकतर्फ सो क्षेत्रबाट १५ जनाको नाम सिफारिस भएको छ। समानुपातिकमा मालती सुब्बा, रुपनारायण मिश्र, सिता भुजेल, चन्द्रकला भण्डारी, खगेन्द्र भण्डारी, नेवालला राजवंशी, जनक खड्का, हसन इमान बक्स, केदार परियार, सावित्रीकुमारी राजवंशी, विष्णु कँडेल, किशोर विक र नुरसादी वेगामको नाम सिफारिस भएको छ।

क्षत्रे नम्बर २ (ख) बाट लिलाबल्लभ अधिकारीसहित ९ जनाको नाम प्रदेशसभा उम्मेदवारमा सिफारिस भएको छ। अधिकारीसँगै प्रत्यक्षतर्फ सो निर्वाचन क्षेत्रबाट टेकबहादुर भट्टराई, भोला खतिवडा, अनिल पोखरेल, दिल्ली दाहाल, इल्जा राजवंशी, खेमकुमार दाहाल, नरनाथ लुइँटेल र गोपाल थापाको नाम सिफारिस भएको छ। यस क्षेत्रमा समानुपातिकतर्फ चार जनाको नाम सिफारिस भएको छ।

मोरङ ३ (क) मा ११ जनाको नाम प्रदेशसभाका लागि प्रत्यक्षमा सिफारिस भएको छ। यस क्षेत्रबाट पथरीशनिश्चरे नगरपालिकाका पूर्वप्रमुख दिलिप राई र कानेपोखरी गाउँपालिकाका पूर्वअध्यक्ष ताराबहादुर काफ्लेसहित देवराज भण्डारी, रामकुमार बस्नेत, युवराज बाँस्कोटा, भगतचन्द्र थपलिया, मोहनकुमार न्यौपाने, पर्शुराम मिश्र, विजय डाँगी, रविन थापा, नरेन्द्रकुमार खड्काको नाम सिफारिस भएको छ। ३ (क) बाट समानुपातिकमा ९ जनाको नाम सिफारिस भएको छ।

३ (ख) बाट प्रत्यक्षतर्फ १३ जनाको नाम सिफारिस भएको छ। सो क्षेत्रबाट प्रदेश सरकारका पूर्वराज्यमन्त्री राजकुमार ओझासहित ज्ञानेन्द्र सुवेदी, सुजन गौतम, भक्तकिरण राई, सुदन चौहान, राजन अर्याल, संजीव रोक्का, लिलाप्रसाद आचार्य, राजकुमार बस्नेत, सुरेन्द्र बहादुर थापा, किरण कुमार राई, तारादेवी शाक्य र सुजित कुमार बस्नेतको नाम सिफारिस भएको छ। समानुपातिकमा २० जनाको नाम सिफारिस भएको छ।

मोरङ ४ (क) बाट ७ जनाको नाम सिफारिस भएको छ। सो क्षेत्रबाट नरेन्द्र बस्नेत, मित्रप्रसाद घिमिरे, ललिता चौधरी, जयप्रकाश चौधरी, नविनकुमार मण्डल, नन्दराज गिरी र प्रयाग न्यौपानेको नाम प्रदेशसभाका लागि प्रत्यक्षमा सिफारिस भएको छ भने समानुपातिकमा १५ जनाको नाम सिफारिस भएको छ।

४ (ख) बाट नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेको नाम सिफारिस भएको छ। घिमिरेसहित सो क्षत्रेबाट इश्वरप्रसाद निरौला, कौशिला बञ्जरा, बाबुराम कार्की, महेश भट्टराई, मुकेश बुढाथोकी र राजन भण्डारीको नाम सिफारिस भएको छ। यस क्षेत्रबाट समानुपातिकमा १३ जनाको नाम सिफारिस गरिएको छ।

मोरङ क्षेत्र नम्बर ५ (क) बाट ४ जनाको नाम सिफारिस भएको छ। सो क्षेत्रबाट पूर्वमन्त्री ज्ञानेश्वर राजवंशीसहित सन्तोष साह, राजेन्द्र मण्डल र प्रदिप मण्डलको नाम प्रत्यक्षमा सिफारिस हुँदा समानुपातिकमा १२ जनाको नाम सिफारिस भएको छ।

५ (ख) बाट सात जनाको नाम सिफारिसमा परेको छ। सो क्षेत्रबाट वसन्ती यादव, विक्रम तिवारी, मीनादेवी यादव, निजाम शेख, दिलसाद आलम, भूराज राई, रामचन्द्र महतोको प्रत्यक्षमा र १४ जनाको नाम समानुपातिकमा सिफारिस भएको छ।

नेकपा एमाले मोरङ ६ को प्रदेश निर्वाचन (क) बाट गुरु बरालको नाम प्रदेशसभा सदस्यमा सिफारिस गरेको छ। बरालसँगै सो निर्वाचन क्षेत्रबाट ११ जनाको नाम सिफारिस गरिएको छ।

बरालसहित सत्यनारायण चौधरी, मिरा भगत, युवराज बराल, नागेश पोखरेल, ज्ञानेन्द्र ओझा, लक्ष्मी फुयाँल, रिता न्यौपाने, हर्क परियार र राजीव गौतमको नाम सिफारिस भएको छ। समानुपातिकतर्फ १० जनाको नाम सिफारिस भएको प्रदेश समन्वय कमिटीले जनाएको छ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र ६ (ख) बाट पर्शुराम बस्नेतसहित रमेश पोखरेल, राधेश्याम कट्टेल, रोहित कोइरला, दिनानाथ भगत, यसोदा अधिकारी र शिव थापाको नाम सिफारिस भएको छ। समानुपातिकतर्फ यस क्षेत्रबाट १७ जनाको नाम सिफारिस भएको छ।

प्रकाशित मिति: : 2022-09-04 13:40:00

प्रतिकृया दिनुहोस्