डाक्टर बन्न चाहन्थे तर मूर्तिकार बने राम (भिडियाेसहित)

चुनाव नजिकिएसँगै दलका नेताहरूको  दौडधुप अचाक्ली बढेको छ। मंसिर–४ गते हुने चुनावमा नेताको चहलपहल बढ्नु स्वभाविक नै हो। दलहरूमा टिकटको रस्साकस्सी छ। टिकट पाउने निश्चित भएका उमेदवारहरूले सम्पर्क कार्यालयहरू खोलेर कार्यकर्ता परिचालन तिव्र बनाइसकेका छन्।

भदौ १८ गते महोत्तरीको सम्सी क्षेत्रका चिया, पान पसलहरू र चोकचोकमा पनि चुनावकै चर्चा थियो। भावी उमेदवारहरूबारे टीका–टिप्पणी चलिरहेका थिए। त्यहीँ चोकको छेउमा भने राम कसिस मूर्ति बनाउनमा व्यस्त थिए।

‘कांग्रेसमा थिएँ’ सम्सी–१ का रामले गफैगफमा सुनाए–‘अहिले राजनीतिमा छैन, घरपरिवार चलाउनुपर्ने जिम्मा सानैमा आइलाग्यो त्यसैले राजनीतिमा समय दिन सकिनँ।’

समाजमा उनी मुर्तिकारका रूपमा स्थापित छन्। २०३८ सालमा तेश्रो श्रेणीमा  एसएलसी उत्तीर्ण गरेका उनले स्कुल पढ्दैताका मूर्तिकला सिकेका थिए।

विगतका वर्षहरुमा इन्द्रजात्राका दिन लाग्ने भव्य मेलाको प्रमुख आकर्षण नै उनी भएकाे रामले बताए।  

रामले बुवाबाट सिके मूर्ति बनाउन

१२ वर्षका राम राष्टिय प्राथमिक विध्यालय, पर्सादेवारमा कक्षा–५ मा पढ्थे। खेतीपाती गरेर परिवार धानिरहेका उनका बुवा गणेश राम कहलिएका मुर्तिकार थिए।

मधेशमा लाग्ने मेला र सार्वजानिक मठमन्दिरहरूमा सजाइने मूर्तिहरु बनाउने जिम्मा उनकै बुवाकाे थियो। त्यसैले उनी पढ्दै बुवाको कालिगढीलाई सघाउने गर्थ।

बुवालाई काममा सघाउँदा सघाउँदै उनले पनि सिके मूर्ति बनाउन।

तेश्रो श्रेणीमा एसएलसी पास गरिसकेपछि उनको नेतृत्वमा पहिलो पटक सर्लाहीमा दुर्गाको मुर्ती बन्यो।

त्यसै बेलादेखि सबैले उनको कालिगढीको प्रशंशा गर्न थाले। सबैको हौसला पाएका उनले पनि कालिगढीलाई पेशा बनाए। ‘मेरो बुवा नै मेरो गुरु हो’ उनले बिएल नेपाली सेवासँग भने।

उनलाई काम सिकाएका उनका पिताले ९ वर्षअघि नै संसार त्यागिसकेका छन्। जसकारण उनको पिताको सबै जिम्मेवारी उनको थाप्लोमा आइलाग्यो।

चुनावी सरगर्मीसँगै मधेश अहिले मेलामय बनेको छ। दशैँ नजिकिँदै गर्दा ग्रामिण भेगमा मेलाहरू लाग्ने क्रम जारी छ। यिनै मेलाहरूमा भगवानका मूर्ति  बनाउन उनलाई भ्याईनभ्याई छ।

मूर्ति बनाए बापत  ६० हजार रूपैयाँ पारिश्रमिक लिने उनको कला महोत्तरीमा मात्रै होइन सोलुसल्लेरीदेखि भारतसम्म फैलिएको छ।

‘१ सय २० भन्दा बढी भगवानका मूर्तिहरु बनाइसकेको छु’ उनले भने।

डाक्टर बन्न चाहन्थे राम तर मूर्तिकार बने

तीन दाजुभाइमध्ये जेठा उनी डाक्टर बन्न चाहान्थे। डाक्टरी पढ्नकै लागि अंग्रेजी विषयमा उनको विशेष रुची थियो। तर आर्थिक अवस्थाले उनलाई डक्टरी पढ्नै दिएन। त्यसैले उनी घरलाई सम्हाल्नका लागि मूर्तिकार बने।

अहिले यही पेशाले घरायसी गर्जो टारिरहेका छन्, उनी। विगतका दिनदेखि  मूर्ति बनाउने उनी मूर्तिकलालाई आधुनिकीकरण गर्ने योजनामा छन्।

दर्ता गरेर माटोको मूर्ति बनाउने कालिगढी पेशालाई पूर्ण व्यवसाय बनाउने रामको योजना सफल होस्। शुभकामना!

प्रकाशित मिति: : 2022-09-05 22:10:00

प्रतिकृया दिनुहोस्