मुक्ति रोकाको नयाँ गीत तिमीलाई नदेख्दा सार्वजनिक भएको छ।
बिहिबार आफनो २५औँ वैबाहिक बर्षागाँठको अवसर पारेर उक्त गीत युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हाे।
छेवाङ लामाद्वारा निर्देशित भिडियोमा आकाश श्रेष्ठ र अलिशा राईको अभिनय रहेको छ। भिडियोको निर्माता टिका रोका हुन् भने गीत धर्मेन्द्र सेवानले गाएका हुन्।
म्याग्दी जिल्ला, मंगला गाउँपालिका–१, तुसारपानी, कुहुँ गाउँका रोका बाल्यकालदेखि नै संगीतमा रुचि राख्थे। उनी विगत २२ वर्षदेखि परिवारसहित अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका छन्।
रोकाले उक्त गीत कोरोना महामारीले विश्वलाई नै आक्रान्त पारेका बेला सन् २०२० मा नेपालबाट अस्ट्रेलिया पुग्दा १५ दिन क्वारेन्टाइनमा बस्दा रचना गरेका थिए।
म्याग्दी जिल्लामै अग्रणी समाजसेवीका रुपमा परिचित मुक्तिले जिल्लामा वाढिपहिरो र कोरोनाले प्रभावित दुर्गम गाउँमा सहयोग पुर्याउँदै आएका छन्। साथै जिल्लाको शिक्षा र स्वास्थ्यमा पनि सहयोग गरिरहेका छन्।