अपडेट : पहिरोले अवरुद्ध पाल्पा बुटवल खुल्यो

हिजो राति देखि परेको अविरल वर्षाले अवरुद्ध पाल्पा-बुटवल सडक खण्ड सञ्चालनमा आएको छ।

माथिबाट खसेको पहिरोले अवरुद्ध भएको सडक सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए। दुईतर्फी नै सडक सुचारु गर्ने प्रयास भईरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख मल्लले बताए।

सडक अवरुद्ध हुँदा रोकिएका सवारी आआफ्नो गन्तब्यतर्फ लागेका छन्।

यता सिदार्थ राजमार्ग अन्र्तरगत आर्यभञ्याङ्ग राम्दी सडक खण्डको सेरामा लेदो सहितको पहिरोलले भने सडक अवरुद्ध नै रहेको छ। यहाँ सडक सुचारु गर्ने प्रयास भईरहेको प्रमुख जिल्ला अधिकारी जग्नाथ पन्तले जानकारी दिए।

प्रकाशित मिति: : 2022-09-15 13:50:00

प्रतिकृया दिनुहोस्