कांग्रेस नेता घिमिरेको निधन

नेपाली कांग्रेस पाल्पाका नेता विजय घिमिरेको निधन भएको छ। 

२०४६ सालको जन आन्दोलन सफल बनाउन महत्वपुर्ण भुमिका खेलेका नेताको बिहिबार बेलुका निधन भएको परिवारिक स्रोतले जनाएको छ।

क्यानसर रोगले ग्रसित उनको मेडिसिटि अस्पताल काठमाण्डौंमा उपचार भईरहेको थियो। २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्धवार समेत रहेका घिमिरे नेपाली कांग्रेसको राजनितिमा सक्रिय थिए। उनी राजनितिज्ञका साथै चार्टड एकाउन्टे समेत थिए।

 कांग्रेस भित्र शान्त र सादगी नेताको छवि रुपमा रहेका घिमिरेको निधनले नेपाली कांग्रेस पार्टीलाई अपुरणीय क्षति पुगेको छ।

प्रकाशित मिति: : 2022-09-15 21:23:00

प्रतिकृया दिनुहोस्