सहकारी ठगी प्रकरणकाे छानबिन समितिकाे कार्यादेश टुङ्ग्याउन कार्यदलकाे बैठक

फाइल तस्विर
फाइल तस्विर

सहकारी ठगी प्रकरणकाे संसदीय छानबिन समितिकाे कार्यादेश टुङ्ग्याउनका लागि कार्यदलकाे बैठक जारी छ। बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा केहीबेर अगाडि सुरु भएकाे हाे।

सत्ता गठबन्धन र प्रतिपक्षबीच शनिबार भएकाे सहमतिअनुसार कार्यदलले सहकारी ठगी प्रकरणकाे छानबिन समितिकाे कार्यादेश तयार गर्नेछ।

कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहेका छन्।

प्रकाशित मिति: : 2024-05-19 09:48:00

प्रतिकृया दिनुहोस्