प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ।

बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आव २०७७-०७८’  बैठकमा पेस गर्ने सम्भावित कार्यसूची छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने छन्। 

राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्दैछ।

प्रकाशित मिति: : 2022-09-16 06:58:00

प्रतिकृया दिनुहोस्