मोरङको उर्लाबारीमा बिजया दशमी तथा शुभदिपावलीको अवसर पारेर बृहत सांगीतिक कार्यक्रमको आयोजना गरिने भएको छ।
न्यु सिद्धार्थ क्लव उर्लाबारीले आगामि असोज १६ गते उर्लाबारी पार्टी प्यालेस परिसरमा बृहत सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको हो।
फुलपाती साँझ नाम दिईएको उक्त कार्यक्रममा गायक नरेन लिम्बु टिमले भरपुर सांगीतिक मनोरञ्जन दिलाउने छन्। यसका साथैं डिजेहरुले डिजेईङ गदै भरपुर नचाउने छन्।
कोरोना कहर त्यसपछिको लकडाउनले सांगीतिक कार्यक्रम हुन सकेको छैन्। बिस्तारै तङग्रीदै गरेको माहौललाई सदुपयोग गर्दै उर्लाबारीको पहिचान र चिनारीलाई देशदेशान्तर पुर्याउन सामाजिक काम सहयोर्गाथ कन्सर्टको आयोजना गरिने भएको कार्यक्रम संयोजक अर्जुन लिम्बूले बताए।