काठमाडौँको गोठाटारमा चल्यो गोली, एक जना घाइते (भिडियोसहित)

काठमाडौँको गोठाटारमा गोली चलेको छ। 

प्रहरी उपत्यका अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईका अनुसार घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।

गोठाटारको कृष्ण मन्दिर नजिकै गोली प्रहारबाट एकजना घाइते भएको भट्टराईले जानकारी दिए। 

घाइतेको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरी अधिकारीहरुका अनुसार घाइतेको पहिचान खुलेको छैन। 

उक्त घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति: : 2022-09-19 21:21:00

प्रतिकृया दिनुहोस्