राजनीति : सेवा कि पेसा ?

स‌ंविधान जारी भएपछि दोस्रो आम निर्वाचनको तयारीमा छौं। संघीय संसद् र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदैछ। राजनीतिक पार्र्टीहरू आआफ्ना उम्मेदवारहरू तय गर्ने विषयमा लागिरहेका छन्। तर हरेक राजनीतिक दल आफूले लिएको निष्ठा र सिद्धान्तका आधारमा उम्मेदवार चयन गरिरहेका छन् ? प्रश्न उठेको छ।

जनगुनासोलाई हेर्ने हो भने अब के राजनीतिक हिसाबमा हामी जुन ढंगले अगाडि बढिरहेका छौं र निर्वाचन प्रणाली वा तरिका जे ढंगले अवलम्बन गरिरहेका छौं, त्यसले हामीलाई निकास दिन सक्ला त ? पैसा नहुने निष्ठा तर इमानको राजनीति गर्नेले अहिले टिकट पाए भने कसरी निर्वाचन जित्ला ? उसँग निष्ठा छ तर पार्टीको सिद्धान्त अवलम्बन गर्ने क्षमता पनि छ तर छैन केवल पर्याप्त रकम। 

यसरी हामीले निर्वाचन प्रणालीलाई यसरी खर्चिलो बनाइरहेका छौं कि त्यो उम्मेदवार त के मुलुकलाई धान्न कठिन हुँदैछ। इमान्दार मान्छे र नैतिकवान् मुलुकलाई निकास दिन सक्ने तर राजनीतिमा उहाँहरूको सहभागिता कसरी हुने भन्ने प्रश्न आज जटिल रूपमा उभिएको देखिन्छ। यसरी विश्लेषण गर्ने हो भने समानुपातिक प्रणाली र प्रत्यक्ष निर्वाचन प्रणालीभित्र थुप्रै खालका प्रश्न उठेका छन्।

प्रकाशित मिति: : 2022-09-30 17:02:00

प्रतिकृया दिनुहोस्