मोरङका ६ निर्वाचन क्षेत्रमा २२६ जनाको उम्मेदवारी, क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी

BreaknLinks
BreaknLinks

आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वातनका लागि मोरङमा २२६ जनाको उम्मेदवारी परेको छ। ६ संघीय र १२ प्रदेश निर्वाचन क्षेत्र रहेको मोरङमा ७८ जनामो स्वतन्त्र उम्मेदवारीसहित २२६ जनाको उम्मेदवारी परेको हो।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार प्रतिनिधिसभामा १०८ र प्रदेशसभामा ११८ जनाको उम्मेदवारी परेको छ। निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी क्षेत्र नम्बर ३ मा ५३ जनाले उम्मेदवारी दिएका छन्।

मोरङ–१

मोरङ क्षेत्र नं १ को प्रतिनिधिसभामा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा र ६ जना स्वतन्त्र गरी १५ जनाले मनोनयन दर्ता गराएका छन्।

नेकपा एमालेका घनश्याम खतिवडा, कांग्रेसका डिगबहादुर लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबहादुर श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका बुद्धमाया लिम्बू, हाम्रो नेपाल पार्टीका राजेन्द्रप्रसाद पौडेल, नेपाल मजदुर किसान पार्टीका लक्ष्मीप्रसाद कर्वा, मंगोल–नेशनल अर्गनाइजेसनका सुरज लिम्बू, लोकतान्त्रिक राष्ट्रिय मञ्चका हर्कमान सम्बाहाम्फ र राप्रपाका होमनाथ गौतमले दलबाट उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै स्वतन्त्रबाट तिलकबहादुर मगर, निलु लिम्बू, फूलकुमारी पण्डित राई, मनिसा सुवेदी, सुजता थापा र यामप्रसाद दाहालले उम्मेदवारी दिएका छन्।

क्षेत्र नम्बर १ (क) मा स्वतन्त्रसहित ७ जनाले उम्मेदवारी दिएका छन्। नेकपा एमालेका उमाकान्त गौतम, माओवादीका कुलप्रसाद साम्बा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अर्जुनसिंह लिम्बू, खड्गबहादुर थापा र प्रेम बर्देवाले स्वतन्बाट, राप्रपाका पूर्णबहादुर बाइवा र मंगोल नेशनल अर्गनाइजेसनका शिवकुमार राईले प्रदेशसभामा उम्मेदवारी दर्ता गराएका छन्। 

क्षेत्र नम्बर १ को प्रदेश (ख) मा नेकपा एकीकृत समाजवादीका उपेन्द्रप्रसाद घिमिरे,  मंगोल नेशनल अर्गनाइजेसनका ओमनाथ लिम्बू, नेकपा एमालेका खड्गबहादुर बस्नेत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कृष्णकुमार लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीका टंकबहादुर गुरुङ, राप्रपाका सन्तोष कार्की, डिल्लीराम शर्मा अधिकारी र दिपक राईले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन्। 

मोरङ–२

क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा १३ जनाले मनोनयन दर्ता गराएका छन्। एमालेका ऋषिकेश पोखरेल, कांग्रेसकी सुजता कोइराला, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका खीलबहादुर खड्का, राप्रपाका गोपाल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपाने, लोसपाका नारायणप्रसाद गंगाई, मंगोल नेशनल अर्गनाइजेसनका नारायण बिसंखे, नेश्नलिस्ट पिपल्स पार्टीका मिना कटुवाल बुढाथोकी, हाम्रो नेपाली पार्टीका विनोदमणि भट्टराई, नेमकिपाका सुरेश कर्वा र तीन स्वतन्त्रले उम्मेदवार दर्ता गराएका छन्। राजकुमार शिवाकोटी, विशेश्वर ऋषिदेव र सुनीलकुमार साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

क्षेत्र नम्बर २ को प्रदेश (क) मा हाम्रो नेपाली पार्टीका केशव पौडेल, माओवादीका गणेशप्रसाद उप्रेती, एमालेका दानबहादुर कार्की, मंगोल नेशनल अर्गनाइजेसनका पदमबहादुर घिसिङ, जसपाका प्रेमनारायण थापा, लोसपाका महफुज आलम, राप्रपाका श्रीकान्त पौदार, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बलबहादुर लिम्बू र फणिन्द्र थापा, शमसेरबहादुर कार्की, साहजाँ प्रविन, सुरजकुमार गनगाईले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रदेश २ (ख) बाट ९ जनाको उम्मेदवारी परेको छ। एमालेका लिलाबल्लभ अधिकारी, कांग्रेसका विनोद कार्की, राप्रपाका राजेन्द्र अधिकारी, नेपाल लोकतान्त्रिक पार्टीका महमद कमलु मियाँ, लोसपाका माधवप्रसाद राजवंशी, मंगोल नेशनल अर्गनाइजेसनका रविन्द्रकुमार श्रेष्ठ, संघीय–लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुदेशी ऋषिदेवसहित विष्णुबहादुर थापा र राजेन्द्र शर्माले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

मोरङ–३

क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा ३१ जनाले उम्मेदवारी गरेका छन्। नेकपा एमालेका भानुभक्त ढकाल, कांग्रेसका सुनिल शर्मा, राप्रपाकी रेखा थापा, नेकपा मालेका उद्धिमबहादुर खड्का, नेमकिपाका ओमनारायण राजवातर धामी, जसपाका कमल लिम्बू, हाम्रो नेपाली पार्टाका खगेन्द्रप्रसाद न्यौपाने, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चन्द्रिकादेवी लिम्बू, नेश्नलिस्ट पिपल्स पार्टीका नारायण शर्मा, मंगोल नेशनल अर्गनाइजेसनका विकेन्द्र राई, लोसपका भुवन राईसहित १८ जना स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।

अरविन शाह, इन्दिरा थापा, इन्द्रप्रसाद सुवेदी, कमल राजवंशी, कृष्ण राई, गणेशबहादुर पोखरेल, चन्द्रकला खत्री, जयराज संयोग, जीवनाथ निरौला, दिनेश चपागाईं, धर्मप्रसाद न्यौपाने, पंकजकुमार भगत, प्रकाश भट्टराई, बाबुराम सुवेदी, शिवकुमार पौडेल, सुरेश भण्डारी, सुवास धिमाल र हिमप्रसाद मिश्रले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

क्षेत्र नम्बर ३ को प्रदेश (क) मा राप्रपाका तीर्थबहादुर गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिनेश राई, एमालेका दिलिपकुमार राई, मंगोल नेशनल अर्गनाइजेसनका रामचन्द्र गुरुङ, कांग्रेसका शेखरचन्द्र थापा, लोसपाका रामभक्त विश्वास राजवंशी र धनबहादुर कार्कीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

३ (ख) मा एमालेका ज्ञानेन्द्र सुवेदी, लोसपका नीरबहादुर भुजेल, हाम्रो नेपाल पार्टीका पुष्पराज खनाल, नेकपा एसका लक्ष्मीकुमार श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका चन्द्रकुमार सुब्बा, खम्बुवान राष्ट्रिय मोर्चा नेपालका तेजप्रसाद राई, राप्रपाका रमेश रिजाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रामकुमार लिम्बू र विश्वबन्धु तामाङले मंगोल नेशनल अर्गनाइजेसनबाट उम्मेदवार दर्ता गराएका छन्। क्षेत्र नम्बर ३ को (ख) बाट ऐश्वर्यप्रसाद आचार्य, कञ्चनकुमार बुढाथोकी, गुरुप्रसाद बाँस्तोला, तिलकप्रसाद राई, निरकुमार बुढाथोकी र यामकुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

मोरङ–४

क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। एमालेका विनोद ढकाल, माओवादीका अमनलाल मोदी, नेपाली कांग्रेस (वीपी) का अशोक पौडेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गुल्टेन ऋषिदेव, मंगोल नेशनल अर्गनाइजेसनका धनबहादुर लिम्बू, खवास हाम्रो नेपाली पार्टीका नवीनकुमार विश्वास,  राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्रप्रसाद शिवाकोटी, लोसपाका लक्ष्मण साहु, नेमकिपाका श्यामबहादुर दर्जी र राप्रपाका रवि रिजालले पार्टीबाट उम्मेदवार दर्ता गरेका छन्। कुवेत मिया, गोकुलप्रसाद पोखरेल, देवनारायण विश्वास, पदम कार्की, महेश नेपाल, राजेन्द्रकुमार खवास र ज्ञानेन्द्र खत्रीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

क्षेत्र नम्बर ४ को प्रदेश (क) मा राप्रपाका आशनारायण माझी थारु, कांग्रेसका गुरुराज घिमिरे, एमालेका जयप्रकाश चौधरी, हाम्रो नेपाल पार्टीका नन्दकुमार सरदार, लोसपाका हेमन्तीकुमारी सुतिहार, मंगोल नेशनल अर्गनाइजेसन विश्व राई र प्रधुम्न चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

क्षेत्र नम्बर ४ (ख) मा एमालेका जीवन घिमिर, लोसपाका नासिन खातुन, कांग्रेसका भीम पराजुली, नेकपा एसका महेश रेग्मी, राप्रपाका माधवप्रसाद आचार्य, हाम्रो नेपाल पार्टीका प्रवेश पाण्डे, मंगोल नेशनल अर्गनाइजेसनका शुभराज राई, जसपाका सञ्जयकुमार सिंह, पशुपतिकुमार माझी र भीमबहादुर राजवंशीले स्वतन्त्र उम्मेदवार दिएका छन्।

मोरङ–५

क्षेत्र नं ५ मा प्रतिनिधिसभातर्फ माओवादी केन्द्र, राप्रपा, जसपा नेपाल, जनमत पार्टी र आठ स्वतन्त्र गरी १६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। परमेश्वर मुर्मु (जनमत पार्टी), प्रमोदकुमार मण्डल (राष्ट्रिय स्वतन्त्र पार्टी), फिरोजकुमार साह  (हाम्रो नेपाली पार्टी), मंगल ऋषिदेव (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च), मजबुल रहमान मिया (मुस्लिम नेपाल लोकतान्त्रिक पार्टी), राजकुमार यादव (जसपा), शिवकुमार मण्डल (माओवादी), रेवतबहादुर थापाले  (राष्ट्रिय प्रजातन्त्र पार्टी) बाट उम्मेदवार दर्ता गरेका छन्। यस्तै मनोजकुमार मण्डल, गयानन्द मण्डल, मोहम रेजा हुसैन, योगेन्द्र मण्डल, रमेशकुमार यादव, रामप्रसाद मुखिया, विद्याभूषण प्रसाद र सञ्जु शर्माले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

क्षेत्र नम्बर ५ को प्रदेश (क) बाट जनमत पार्टीका अनिलकुमार झा, कांग्रेसका गयानन्द मण्डल गनगाई, एमालेका सन्तोष शाह, राप्रपाका सोनलकुमारी गुप्ता, कलानन्द साह सुडी र रुपेशकुमार मण्डलले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ।

५ (ख) मा अमृतकुमार अर्याल (नेपाली कांग्रेस), आनन्दलाल यादव (जनमत पार्टी), जयराम यादव (जसपा), धनेश्वर ऋषिदेव मुसहर (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च), बसन्तीदेवी यादव (हाम्रो नेपाली पार्टी), राजेशकुमार बानियाँ (राप्रपा), रामवती साह (लोसपा), भुराज राई र रामलाल सुतिहारले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्।

मोरङ–६

क्षेत्र नम्बर ६ बाट गोपाल क्षेत्री (राष्ट्रिय प्रजातन्त्र पार्टी), चिरञ्जीवी खतिवडा (नेपाल मजदुर किसान पार्टी), टेकबहादुर अधिकारी क्षेत्री (हाम्रो नेपाली पार्टी), डा. शेखर कोइराला (नेपाली कांग्रेस), दुखाराम माझी (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च), प्रशान्त ठाकुर (जनता प्रगतिशील पार्टी), बलराम खवास (नागरिक उन्मुक्ति पार्टी), मोहनबहादुर राई (मंगोल नेशनल अर्गनाइजेसन), यादवकुमार प्रधान (राष्ट्रिय स्वतन्त्र पार्टी), राजु मण्डल राजवंशी (लोसपा), लालबाबु पण्डित (नेकपा एमाले) तथा लक्ष्मी थेवे, सुशील खड्का र सरोज नेपालले स्वतन्त्र उम्मेदवार दिएका छन्।

क्षेत्र नम्बर ६ (क) बाट अनंग चौधरी (नेपाल लोकतान्त्रिक पार्टी), ईश्वर गुरुङ (हाम्रो नेपाली पार्टी), जीवन आचार्य (माओवादी केन्द्र), नरबहादुर लिम्बू (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च), रिता न्यौपाने (नेकपा एमाले), सोनम सहनी (लोसपा), हरिनारायण तबदार (कांग्रेस वीपी), हिरा भट्टराई (राप्रपा) तथा रुक्मणि खवास चौधरी, नवीन दाहाल, पुण्यप्रसाद कोइराला, र रामसागर चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

क्षेत्र नम्बर ६ (ख) बाट अमृतकुमार पासवान (बहुजन शक्ति पार्टी), कृष्ण बस्नेत (नेकपा एमाले), केदार कार्की, (नेपाली कांग्रेस), तवरेज अख्तर आलम (लोसपा), पन्नालाल राजवंशी (नेपाल सद्भावना पार्टी), वसिम आलम (नेकपा एकीकृत समाजवादी), राजेन्द्रप्रसाद गुप्ता (जसपा), राजेशकुमार मास्के (राप्रपा), रामआशीष महतो (जनमत पार्टी), रियाजुद्दिन मिया (सामाजिक एकता पार्टी), जनार्दन राम निरौला (नेपाली कांग्रेस वीपी) तथा गोपालप्रसाद रेग्मी, जीवनकुमार गुप्ता र सुरेशकुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। 

प्रकाशित मिति: : 2022-10-11 13:39:00

प्रतिकृया दिनुहोस्