सकसपूर्ण सुशासन

अन्नपूर्ण पोष्ट

शिवराम न्यौपाने

सरकारी सेवा प्रवाहको मुख्य माध्यम सार्वजनिक निकायहरू हुन्। यस्ता निकायले प्रवाह गर्ने सेवालाई प्रभावकारी गराउन सरकारले निरन्तर प्रयास गरिरहेका हुन्छन्। सेवाग्राहीको सन्तुष्टि नै सेवा प्रवाहको मुख्य अभीष्ट हो। यसैका कारण सेवामा गुणस्तर वृद्धि गर्दै लान सार्वजनिक निकायहरूले आफ्ना संरचनागत एवं कानुनी आधारहरूलाई समयानुकूल गराएका हुन्छन्।

सेवा प्रवाहको प्रभावकारिताका लागि आवश्यक कानुनी एवं संस्थागत आधारहरूका अतिरिक्त सेवाप्रदायकको कार्यशैली र व्यवहारले समेत सेवाको सन्तुष्टिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। नेपालको संविधानमा सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवासुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्नुपर्ने उल्लेख भएको छ।

प्रकाशित मिति: : 2022-10-13 15:57:00

प्रतिकृया दिनुहोस्