‘जनताले चुनाव चिन्ह बदल्नुहोस्, युवाहरूले देश बदल्छन्’ (भिडियाेसहित)

पुनर्जागरण पार्टी अध्यक्ष तथा युवा नेता श्याम बाबु गौतम यतिबेला दुई कुराले चर्चामा छन्। एक— पुनर्जागरणको अभियानमा छन्। अर्को— चर्चित पात्रसँग चुनावमा भिड्दैछन्।

वर्तमान व्यवस्थाका कैयौं अंगभित्र पुनर्जागरण र नयाँ पुस्ताका अनेकौं मत लिएर काठमाडौं—४ का मतदातालाई आफूतिर तान्न तम्सिएका छन्, उम्मेदवार गौतम।

‘जनताले चुनाव चिन्ह बदल्नुहोस्। एकपटक आफ्नो मत बदल्नुहोस्। नयाँ पुस्तालाई जिताउनुहोस्। अनि युवाहरूले देश बदल्छन्,’ उनी भन्छन्।

नेपाली कांग्रेस र नेकपा (एमाले)का उम्मेदवार अर्थात् ‘दुई चर्चित अनुहार’विरूद्ध चुनावी मैदानमा दौडिएका छन्, उनी।

काठमाडौं—४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गौतम आउँदो निर्वाचनमा गगन थापा र राजन भट्टराईसँग भिड्दै छन्। 

उनी बढ्दो भ्रष्टाचार र (कू)शासनको अन्त्यका लागि जनताको साथ खोजिरहेका छन्। पुनर्जागरणको अभियान लिएर मतदातासँग मत माग्न हिँडिरहेका छन्। 

चुनावी दौडका क्रममा पुनर्जागरणको सैद्धान्तिक मतबारे अध्यक्ष गौतम पूर्वीय दर्शनमा आधारित मानवतावाद मुख्य नीति भएको बताउँछन्।

आफ्नो वैचारिक दृष्टिकोण स्पष्ट भएको उनको दाबी छ। वर्तमान व्यवस्था, कर्मचारीतन्त्र, कुटनीतिक क्षेत्र, न्यायालयमा पूनर्जागरण आवश्यक देख्छन्। उनै गौतमसँग मतदाताको मन, उम्मेदवारको दौडधुप, पूनर्जागरणको विषय र निर्वाचनको परिवेशमा बिएल नेपाली सेवाले गरेको कुराकानी—


प्रकाशित मिति: : 2022-10-30 21:35:00

प्रतिकृया दिनुहोस्