भारतीय सेनाले मंगलबार नै पाकिस्तानमाथि आक्रमण गर्ने योजना बनाइरहेको थियो। त्यसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नजिकबाटै निगरानी गरिरहेका थिए। भारतीय सेनाले राति साढे १ बजेतिर पाकिस्तान नियन्त्रित विभिन्न ठाउँमा श्रृङ्खलावद्ध आक्रमण गर्यो।
‘अपरेशन सिन्दूर’ नाम दिइएको यो आक्रमणमा कैयौको मृत्यु भएको भारतीय समाचार माध्यमहरूले जनाएका छन्। प्रधानमन्त्री मोदी रातभरि नै जाग्राम बसेर उक्त आक्रमणको निगरानी गरिरहेका थिए।
गत अप्रिल २२ मा पहलगाममा आतंकवादीहरूले २६ जना पर्यटकको हत्या गरेका थिए। त्यसमा एकजना नेपाली पनि मारिएका थिए।
त्यसैको बदलामा भारतले पाकिस्तानमाथि आक्रमण गरेको हो। १५ दिन पछि भारतीय सेनाले पाकिस्तानका विभिन्न क्षेत्रमा लुकेर बसेका आतंकवादीहरूलाई निशाना बनाएको जनाएको छ।
अहिलेसम्म आक्रमणमा मारिएका वा पूरा क्षति विवरणहरू यकीन भइसकेका छैनन्।
भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेको बताएकाे छ।
भारतको रक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण भएको दाबी गरेको छ ।
भारतले पाकिस्तानका बहावलपुर, मुरीदके, गुलपुर, सवाई, बिलाल, कोटली, बरनाला, सरजाल र महमूनामा आक्रमण गरेको हो।
आक्रमणबाट आठजनाको मृत्यु भएको पाकिस्तानले दाबी गरेको छ। तर भारतीय सञ्चार माध्यमहरूले भने १०० भन्दा धेरैको मृत्यु भएको जनाएका छन्।
पाकिस्तानी सैन्य प्रवक्ताले रोयटर्स र एएफपी समाचार संस्थालाई दिएको जानकारी अनुसार भारतले पाकिस्तानमा गरेको आक्रमणमा मृत्यु हुने नागरिकको संख्या ८ पुगेको छ भने ३५ जना घाइते भएका छन्। दुईजना हराइरहेको बताइएको छ।
पाकिस्तानी सेनाले दुई बालबालिकासहित आठजनाको मृत्यु भएको बताएको छ।
प्रवक्ताले ६ स्थानमा २४ वटा मिसाइल प्रहार गरिएको जानकारी दिएका छन्।
आक्रमणमा तीन बालबालिकाको साथमा सात जनाको ज्यान गएको पाकिस्तानले जनाएको छ। अहिले धेरै भारतीय विमना सेवाहरूले भारत अधीनस्थ काश्मीरको उडान रद्द गरेका छन्। संसारका धेरै एयरलाइन्सका विमान पाकिस्तानको बाटो बाट अन्यत्र डाइभर्ट हुन थालेका छन्।
पाकिस्तानी सूचना मन्त्री अतुल्लाह तरारले भारतले सीमा नै पार गरेको प्रतिक्रिया दिँदै यसको प्रतिकार गर्ने चेतावनी समेत दिए। पाकिस्तानले कम्तीमा दुई भारतीय जेट तथा ड्रोन खसालेको बताएको छ।