रोल्पाको विकासका लागि सबैसँग सहकार्य हुनुपर्छ: अमरसिंह पुन

सत्तारुढ गठबन्धनका तर्फबाट रोल्पा क्षेत्र नं. १ ‘ख’का उम्मेदवार तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गठबन्धन केन्द्रबाटै भएकाले कार्यकर्ताहरुमा आक्रोश आउनु स्वभाविक भएको बताएका छन्।

लोकतान्त्रिक–बाम गठबन्धन निर्वाचन परिचालन समिति रोल्पाले शनिबार लिबाङस्थित नेपाली काँग्रेसको पार्टी कार्यालय सुशिल कोइराला स्मृति भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्दै पुनले आफ्नै पार्टीका नेता–कार्यकर्ताले आफूले पाएपछि गठबन्धन गरेको आरोप लाउने गरेका बताएका हुन्।

‘अघिपछि हामी सबैले आ–आफ्नो पार्टीको राजनीति गर्छाैँ’ पुनले भने, ‘चुनाव जितिसकेपछि जोसुकैले पनि रोल्पाको विकास गर्ने हो।’

प्रदेश सरकारमा जानेले प्रदेशबाट र संघीय सरकारमा जानेले संघीय सरकारबाट रोल्पाको विकासका लागि काम गर्ने भएकाले जुनसुकै पार्टीबाट चुनाव जितेपनि त्यो रोल्पाको विकास र समृद्धिका लागि भएको उनले उल्लेख गरे।

‘स्थानीय तहमा गठबन्धन भएन अहिले आफूले पाउनको लागि गठबन्धन गर्यो भन्छन’, पुनले भने, ‘यो मेरो रहरले भएको हैन, पार्टीको निर्णय हो।’

पार्टीको तर्फबाट अघिल्लो पटक आफू प्रतिनिधिसभाको चुनाव लडेको भन्दै सभापनि पुनले हारेपनि आफू लड्न तयार भएपनि पार्टीको निर्णय अनुसार गठबन्धन गर्नु परेको उल्लेख गरे।

‘गठबन्धनेको विरोध मात्र गरेर हुँदैन’, पुनले भने ‘हामीले अब रोल्पाको विकास र समृद्धिका लागि काम गर्नुपनेछ।’ रोल्पाको विकासका लागि गठबन्धन दलहरुबीच मात्रै नभएर अन्य दलहरुसँग पनि सहकार्य गर्नुपर्ने सभापति पुनको भनाइ छ।

रोल्पामा सबै दलहरु मित्रवत रुपमा चुनावी प्रतिष्पर्धा गरे भनेर अन्य जिल्लालाई देखाउनु पर्छ पुनले भने।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका उप-महासचिव तथा सत्तारुढ गठबन्धनका तर्फबाट रोल्पाको प्रतिनिधिसभाका उम्मेदवार वर्षमान पुनले प्रतिगमन रोक्न, राजनीतिक स्थायीत्व र समृद्धिका लागि गठबन्धन आवश्यक भएको बताए।

यस्तै प्रदेशसभा ‘क’का उम्मेदवार जोखबहादुर महराले गठबन्धन निश्चित उद्देश्यका साथ भएकाले सबै रोल्पालीले गठबन्धनलाई बहुमतका साथ विजयी गराउन आग्रह गरे।

प्रकाशित मिति: : 2022-10-15 16:57:00

प्रतिकृया दिनुहोस्