ओलीकाे प्रतिवाद गर्दा पार्टी छोड्न बाध्य भएँ : नेता भुसाल

रुपन्देही-१ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान च्यात्न खोजेको र त्यसको प्रतिवाद गर्दा आफू पार्टी छोड्न बाध्य भएको दावी गरेका छन् ।  आफ्नो निर्वाचन क्षेत्रमा जारी घरदैलाे अभियानका क्रममा उनले मंगलबार यस्ताे बताएका हुन्।

उनीसँगै प्रदेशसभा सदस्य पदका उम्मेदवारद्धय अब्दुल रज्जाक र विश्वनाथ यादवले पनि रोहिणी, ओमसतिया गाउँपालिका तथा तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छन्।

उम्मेदवारहरूले रोहिणीका वडा नम्बर ४, ५ र ६ ओमसतियाको ६, तिलोत्तमाको ८ र १२ तथा देवदह नगरपालिका- १० मा सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। प्रतिनिधिसभा सदस्य पदका लागि सत्तारूढ गठबन्धनका साझा उम्मेदवार नेता भुसालले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, बाटोघाटो तथा भौतिक निर्माणका काममा तिव्रता दिने बताए। उनले सुकुम्मबासी समस्याको समाधान गरिने पनि बताए। सुकम्बासी समाधानबारे गहन अध्ययन थालिसकेकाे उनले सार्वजनिक गरे ।  

एमाले परित्याग गरेर गठबन्धनको समर्थनमा त्रिभुज चुनाव चिन्ह लिएर उम्मेदवार बनेका नेता भुसालले संविधान रक्षाकै लागि गठबन्धनको समर्थनमा उम्मेदवार बनेको दाबी गरे । 

उनको प्रतिस्पर्धा आफ्नै पूर्व सहकर्मी एमालेका छविलाल विश्वकर्मासँग छ । विश्वकर्मा यसअघि २०७४ को निर्वाचनमा तत्कालिन माओवादीको समर्थनमा यसै निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।  

प्रकाशित मिति: : 2022-11-01 12:45:00

प्रतिकृया दिनुहोस्