भारतका ‘स्टील म्यान’ इरानीको निधन

file photo
file photo

भारतको ‘स्टील म्यान’ भनेर चिनिने जमशेद जे इरानीको ८५ वर्षको उमेरमा सोमबार राति पूर्वी भारतीय सहर जमशेदपुरको टाटा अस्पतालमा निधन भएको छ। टाटा स्टिलले उनको निधन भएको पुष्टि गरेको छ।

टाटा स्टिलसँग इरानीको चार दशकभन्दा बढी समयदेखि आबद्धता थियो। उनको निधनमा टाटा स्टिलले गहिरो दुःख व्यक्त गरेको छ।

‘भारतको स्टील म्यान भनेर चिनिने जमशेद जे इरानीको निधनमा हामी गहिरो दुःखी छौं। टाटा स्टील परिवार उनको परिवार र प्रियजनहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ’ टाटा स्टीलले जारी गरेको विज्ञप्तिमा भनिएको छ। इरानीका एक पत्नी र तीन सन्तान छन्। 

प्रकाशित मिति: : 2022-11-01 15:34:00

प्रतिकृया दिनुहोस्