अध्यागमनका कर्मचारीले प्रहरीको आँखा छल्दै कुख्यात ठगलाई भगाए

सेटिङमार्फत् दैनिक दर्जनौँ कामदारलाई खाडी मुलुकमा पठाउँदै आएका विमानस्थल अध्यागमनका कर्मचारीले कालोसूचीमा रहेका तथा फरार अपराधीलाई समेत प्रहरीको आँखा छलेर भगाउने गरेको तथ्य बाहिरिएकाे छ।

फरार रहेका तथा अध्यागमनले कालोसूचीमा राखेका ब्याक्तिहरु फेला पर्दा प्रहरीलाई जिम्मा लगाउनुको साटो उल्टै चर्को रकम असुलेर प्रहरीको आँखा छल्दासमेत अध्यागमन विभाग मुखर्दशक बनेको छ।

विमानस्थल अध्यागमनका कर्मचारीले विभिन्न ब्याक्तिलाई विदेश पठाइदिने भन्दै करोडौँ रकम ठगेर फरार रहेका नुवाकोटका श्यामराज पाण्डेलाई भगाएकाे खुलासा भएकाे छ। स्रोतकाअनुसार गएको कार्तिक ७ गते साँझ जापान जान लागेका पाण्डेलाई विमानस्थल अध्यागमनका कर्मचारीले भगाएका हुन्।

विभिन्न ब्याक्तिलाई क्यानडा, अमेरिका तथा युरोपेली मुलुकमा पठाइदिने भन्दै पाण्डेले दर्जनौँ ब्याक्तिबाट करोडौँ रकम असुलेर फरार भएका थिए। फरार पाण्डेका विरूद्ध बैदेशिक रोजगार विभागमा उजुरी परेपछि विभागले उनलाई कालोसूचीमा राखेको थियो।

पाण्डेले मुलुक छाडेर भाग्न सक्ने भन्दै विभागले विमानस्थल अध्यागमनलाई विदेश जान खोजेमा रोखिदिन आग्रह गरेको थियो। विभागकै अनुरोधमा अध्यागमनले उनलाई कालोसूचीमा राखेको थियो।

कार्तिक ७ गते बेलुका नेपाल एअरलाइन्सको विमानमार्फत् बाहिर जान लागेका पाण्डेको अध्यागमनमा पुगेपछि कालोसूचीमा रहेको देखिएकाे थियाे। स्रोतकाअनुसार पाण्डेलाई छाड्न उपल्लो निकाएबाट दबाब आएको थियो। तर, डेक्समा बसेका कर्मचारीले जोखिम उठाउन नसकेपछि उनलाई प्रहरीलाई सुइको नदिएर अध्यागमनका कर्मचारीले भगाएका हुन्।

स्रोतकाअनुसार उनलाई अध्यागमनबाट भगाएको एक घण्टापछि प्रहरीलाई खबर गरिएको थियो। नियमअनुसार पाण्डेको ठाँउमा अन्य कुनै ब्याक्ति भएको भए कालोसूचीमा देखिनासाथ प्रहरीलाई खबर गरिन्थ्यो र कालोसूचीमा राख्ने निकाए तथा स्थानको जिम्मा लगाउनु भन्दै पत्रका साथ प्रहरीको जिम्मा लगाइन्थो तर त्यो दिन त्यसो नगरेरै पाण्डेलाई बाहिर जान दिइयाे र उनी भागेको एक घण्टापछि मात्र प्रहरीलाई खबर गरियो।

वैदेशिक रोजगार विभागका निर्देशक कृष्ण भुसालले श्यामराज पाण्डेले विभिन्न ब्यात्तिलाई क्यानडा पठाइदिने भनेर करोडौँ रकम उठाएर फरार भएको भन्दै विभागमा उजुरी परेको पुष्टि गरे। पीडितहरुको उजुरीको आधारमा उनलाई कालोसूचीमा राखिएको समेत बताए।

त्यसैगरी अध्यागमन विभागका निर्देशक एवम् सूचना अधिकारी कमलप्रसाद पाण्डेले उक्त घटनामा बारेमा छानबिन समिति बनेको जानकारी दिएका छन्। बिएल नेपाली सेवासँग कुरा गर्दै सूचना अधिकारी पाण्डेले भने, ‘कालोसूचीमा रहेका श्यामराज पाण्डे प्रहरीको जिम्मा लगाउने प्रक्रियामा रहेका बेला फरार भए। प्रहरीलाई जिम्मा लगाउँदा प्रक्रियामा जानुपर्ने हुन्छ, पत्र बनाउनुपर्ने हुन्छ, सोही गर्ने क्रममा उनी भागेको देखियो। मेरो नेतृत्वमा छानबिन समिति बनेको छ, भगाइयाे वा भागे भन्ने बारेमा अहिल्यै भन्न सकिँदैन, छानबिनपछि थाहा हुन्छ।’

अध्यागमनको नियन्त्रणमा रहेका ब्याक्ति कसरी फरार भए ? त्यमसा गम्भीर प्रश्न खडा भएको छ। अध्यागमनबाट भागेका ब्याक्तिलाई कर्मचारीले खबर गरेका भए प्रहरीले तत्काल समाउन सक्थ्यो। तर, अध्यागमनका कर्मचारीले एक घण्टापछि मात्र खबर गरे, जुन समयमा ती ब्यक्तिले विमानस्थल छाडिसकेका थिए।

बिचौलीयासँग मिलेर भिजिट भिसामा अध्यागमनका कर्मचारीले दैनिक सयौं कामदारलाई खाडी मुलुक पठाउँदै आएका छन्। २ लाख ५० हजारदेखि ३ लाखसम्म लिएर खुलेआम खाडीमा पठाउने गरेको गुनासो छरपस्ट भएपछि प्रहरीले केही दिनदेखि निगरानी रोखेको थियो।

करिब २ सातासम्म प्रहरीले त्यसरी सेटिङमार्फत् बाहिर जाने ५ सय बढीलाई राेकेकाे थियाे। भिजिट भिसामा प्रहरीले जाँच गर्न थालेपछि अध्यागमनकै कर्मचारी र बिचौलीयाको सेटिङमा गृहदेखि प्रधानमन्त्री कार्यालयसम्मबाट प्रहरीलाई दबाब दिएका थिए।

नेपालका कुख्यात अपराधीलाई अमेरिकाले लुकायो

प्रकाशित मिति: : 2022-11-02 20:50:00

प्रतिकृया दिनुहोस्