मुटुलाई स्वास्थ्य राख्ने तरिका

Health News Of Nepal
Health News Of Nepal

आजको समयमा खराब जीवनशैली, खानपान, मोटोपन, शारीरिक श्रमको कमी, मधुमेह, रक्तचापका कारण मुटुरोगीको संख्या दिन प्रतिदिन बढिरहेको छ।

पछिल्लो केही वर्षयता नेपालमा हृदयाघातका कारण मानिसको मृत्युका घटनामा पनि तीव्र वृद्धि भएको छ।

यदि तपाईं पनि आफ्नो मुटुलाई राम्रो राख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो खानामा म्याग्नेसियमयुक्त खानेकुरा समावेश गर्नुहोस्। 

म्याग्नेशियम एक यस्तो खनिज हो जुन शरीरका लागि निकै महत्वपूर्ण हुन्छ, त्यसैले यसलाई ‘मास्टर मिनरल’ भनिन्छ।

१. डार्क चक्लेट

डार्क चक्लेटमा म्याग्नेसियमलगायत थुप्रै पोषक तत्वहरु पाइन्छ। ‘न्युट्रिएन्ट्स’ मा प्रकाशित एक अनुसन्धान अनुसार यसमा आइरन, कपर र म्याग्नीजको मात्रा धेरै हुन्छ। जसमा फ्लाभानोल हुन्छ, त्यसैले यो तपाईंको मुटुका लागि फाइदाजनक हुन्छ। 

२.बदाम
बदाम मुटुको लागि निकै महत्वपूर्ण हुन्छ। बदामले ब्लड सुगर र कोलेस्ट्रोलको स्तर बढाउँछ। बदाममा भएको विभिन्न खनिज तत्वहरुले मुटुलाई रोगप्रतिरोधात्मक शक्तिलाई बढाउँछ। त्यसैले आफ्नो मुटुलाई सुरक्षित र स्वस्थ राख्न दैनिक एक मुठी बदाम खानुहोस्। 
३. केरा
सस्तो र सजिलै उपलब्ध केरा पोटासियमको राम्रो स्रोत हो। पोटासियमले मुटु रोगको जोखिमलाई कम गराउँछ। केरामा म्याग्नेसियम र पोटासियम दुवै पाइन्छ। त्यसैले सबैले दैनिक केराको सेवन गर्नुपर्छ। 

४.बीउ

चिया, सूर्यमुखी र फर्सीको बीउ दैनिक आहारमा म्याग्नेसियम समावेश गर्नका लागि उत्तम स्रोतहरू हुन्। नेसनल इन्स्टिच्युट अफ हेल्थको तथ्यांकअनुसार उक्त बीउमा आइरन, मोनोस्याचुरेटेड फ्याट र ओमेगा–३ फ्याटी एसिडको मात्रा बढी हुन्छ, जसले मुटुलाई बलियो बनाउँछ।  

५.हरिया सागसब्जी    

हरियो सागसब्जीमा भरिपूर्ण म्याग्नेसियम भएको हुँदा दैनिक खानामा हरिया सागसब्जी समावेश गर्नुपर्छ। पालक, मेथी, तोरी, जस्ता तरकारीमा म्याग्नेसियम प्रतिशत हुन्छ।                                    
 

प्रकाशित मिति: : 2022-11-02 16:14:00

प्रतिकृया दिनुहोस्