मिनु गोले
जटिल शल्यक्रिया मानिने कलेजाे प्रत्यारोपन नेपालमा अब्बल बन्दै गएको छ। नेपालमा सफल रुपमा कलेजो प्रत्याराेपन भएको २०७३ सालमा हो। यो पनि विदेशी डाक्टरको सहयाेगमा सुरु भएको थियो।
हाल नेपाली डाक्टर नै कलेजाे प्रत्याराेपनमा सफल बन्दै गएका छन्। २०७३ यता नेपालमा ३२ जनामा कलेजो प्रत्यारोपण गरिएको छ।
हालसम्म सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ जना, त्रिवि शिक्षण अस्पतालमा १२, सिएमसी अस्पताल चितवनमा ६ र किष्ट मेडिकल कलेज, ललितपुरमा ३ गरी देशभरमा ३२ जनामा कलेजो प्रत्यारोपण गरिएको छ।
अनुभवी चिकित्सक र प्रविधिको अभावकाबीचमा नेपालका डाक्डरहरू कलेजाे प्रत्याराेपनमा अब्बल बन्दै गएका छन्।
‘हामीसँग अनुभवी जनशक्ति र प्रविधिको अभाव छ। अझै हामीलाई राज्यको ठुलो सहयोग चाहिएको छ’, टिचिङ अस्पतालका ग्यास्ट्रो तथा कलेजो सर्जन डा. रमेशसिंह भण्डारीले भने।
शिक्षण अस्पतालले हालसम्म १२ जनामा कलेजाे प्रत्याराेपन गरेकोमा १० जनाकोसम्म कलेजाे प्रत्याराेपन गर्दा विदेशी डाक्टरको सहयाेग लिएको थियो। २ जनाको नेपाली डाक्टरले मात्र सफल कलेजाे प्रत्याराेपन गरे।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २०७३ मंसिर २२ गते दक्षिण कोरियाको मेडिकल सेन्टरका चिकित्सकहरूको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो।
केन्द्रकाअनुसार छिमेकी राष्ट्र भारतको विशेषज्ञ चिकित्सकहरूको सहयोगमा कलेजाे प्रत्याराेपनले निरन्तरता पाउँदै आएको छ।
कस्तो व्यक्तिले कलेजो दान गर्न पाउँछन्?
कलेजो दान गर्नका लागि विभिन्न मापदण्ड रहेका छन्। १८ देखि ५५ वर्षको स्वस्थ मानिसले मात्र कलेजो दान गर्न सक्छन्।
अंग दान गर्दा दुई वटा कुरा हेरिन्छ। एउटा मानसिक र शारीरिक रूपले स्वस्थ रहेको हुनुपर्छ। जसमा दिने मानिस लामो समयसम्म औषधिको सेवन नगरेको, मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरू नभएको, ब्लड गुप्र, पेटको शल्यक्रिया नगरेका हुनुपर्छ।
यस्तै कलेजो दान दुई प्रकारले गर्न सकिन्छ। पहिलो मस्तिष्क मृत्यु भएको व्यक्तिबाट र दोस्रो लिभिङ डोनर भनिन्छ।
विशेषगरी मस्तिष्क मृत्यु भएको व्यक्तिको मिर्गौला, फोक्सो, मुटु, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा, आँखा र छाला निकालेर अरूलाई प्रत्यारोपण गर्न सकिन्छ।
त्यसैगरी, जुन जीवित व्यक्तिको कलेजो केही भाग पनि लिन सकिन्छ। यसलाई लिभिङ डोनर भन्ने गरिन्छ।
कलेजो आफैं बढ्ने अंग भएकाले प्रत्यारोपण गरेको ६ महिनामा करिब ९० प्रतिशत विकशित हुन्छ।
प्रत्यारोपण गरिएको बिरामीले पहिले जस्तै जीवन बिताउन सक्छन्।
नेपालमा यसरी सुरु भएको थियो कलेजो प्रत्यारोपन
मनाव शरीरका विभिन्न भाग वा अंगहरूको शल्यक्रिया गरिन्छ। तर, चिकित्सा विज्ञानका विभिन्न विधामध्ये सबैभन्दा जटिल मानिने अंग प्रत्यारोपण। यसमा पनि कलेजो प्रत्यारोपण सबैभन्दा जटिल मानिन्छ।
यही जटिल प्रकारको विधामा नेपालका ठूला सरकारी अस्पतालले कलेजाे प्रत्याराेपनमा सफलता हात पारेका छन् भने प्राइभेट अस्पतालले पनि प्रत्यारोपमा फड्को लिँदै आएको छ।
नेपालमा कलेजो प्रत्यारोपण गरेको खासै लामो इतिहास पनि छैन। पहिलोपटक ०७३ मंसिरमा भक्तपुरस्थित धर्मभक्त प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएकोथियाे।
त्यसपछि नेपालकै सरकारी शिक्षण अस्पताल त्रिवि शिक्षण अस्पतालमा सुरु भयो। त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालका ग्यास्ट्रो तथा कलेजो सर्जन डा. रमेशसिंह भण्डारी नेतृत्वको नेपाली टोलीले कलेजो प्रत्यारोण गर्दै आएको छ।
यसअघि विदेशी चिकित्सले सघाउँदै आएका थिए। तर हाल आएर विदेशी चिकित्सकको सहयोगविनै नेपालकै टीमले कलेजो प्रत्यारोपण गरेको छ।
‘यस अघिका प्रत्यारोपणमा हामीले विदेशका चिकित्सकको सहयोग चाहिन्थ्यो। तर, अब हामी कलेजो प्रत्यारोपणमा नेपालकै टीमबाट गर्न सफलता भएका छाैँ’, भण्डारीले भने ‘एउटा सुरुवात हुनु नै सबैभन्दा ठुलो कुरा हो।’
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया