लाेकदाेहाेरीकी क्वीन भनेर चिनिएकी जेरी अर्थात् बबिता बानियाँ र शङ्कर क्षेत्रीबीचकाे वैवाहिक सम्बन्धन टुटेकाे छ।
उनीहरुले बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर औपाचारिक रुपमा सम्बनध बिच्छेद गरेका हुन्। अब उनीहरु औपचारिक रूपमा अलगिएका छन्। उनीहरुबीच लामाे समयदेखि विवाद चलिरहेकाे थियाे।
केही समयअघि यो जोडीको सामाजिक सञ्जालमा सम्बनधबिच्छेदको कुराले निकै चर्चा कमाएको थियो।
उनीहरुले २०७६ माघमा प्रेम विवाह गरेका थिए। उनीहरुकाे एक सन्तान छन्।