किन गर्ने फेसियल ? यस्ता छन् फाइदा ! 

फेसियल भनेको अनुहारमा गरिने मसाज अर्थात उपचार हो। फेसियल गर्नाले फेसमा प्रयोग हुने कुन सामग्री कति बेला प्रयोग गरिन्छ भन्ने बुझिन्छ। अनुहारको छाला अनुसार फेसियलका विधिहरू फरक पर्छन्।

सौन्दर्यविद् लक्ष्मी महतका अनुसार फेसियल उपचारका फाइदा र प्रभावहरु यस प्रकार रहेको छ।

फेसियलको गहिरो सफाइले छालामा हुने रौँको छिद्रभित्र भएको फोहोरलाई भित्रबाट सफा गर्दछ। छालाको बाहिरी तहको माथिल्लो भागको मृत कोशिका पनि हटाउँछ।

रक्त सञ्चार राम्रो हुन्छ र छालामा पोषणतत्वको कमीलाई पूरा गर्छ। छालामा भएको विषाक्त पदार्थलाई हटाउँछ।

मेटाबोलिज्म र छालाको कोशिकालाइ पूर्ण परिवर्रतन गर्नुका साथै, छालाको पिएज लाई सन्तुलन गर्छ।

फेसियलले  छालामा देखिने सामान्य सुख्खापन, धेरै सुख्खापन र चिल्लोपन हटाएर छालामा ओसको सन्तुलन कायम गर्छ।

फेसियलले चाउरीपनलाई हटाउन मद्दत गर्दछ। इन्द्रीयहरूलाई तनाव कम गर्छ र यसले मांसपेसीहरूलाई पनि आराम दिलाउँछ।

प्रकाशित मिति: : 2022-11-11 13:58:00

प्रतिकृया दिनुहोस्