बुटवलमा सडेको अवस्थामा पुरुषको शव फेला

फाइल तस्बिर
फाइल तस्बिर

बुटवलमा एक पुरुषको शव सडेको अवस्थामा फेला परेको छ।

बुटवल उपमहानगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय बुटवलको पछाडी रहेको नालीमा अन्दाजी ३०–३५ वर्षका पुरुषको शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय बुटवलका  प्रहरी निरिक्षक प्रकाश खत्रीका अनुसार आइतबार नाली सफा गर्ने क्रममा सडेको अवस्थामा शव फेला परेको जानकारी दिए। 

उपमहानगरपालिकाले नाली सफाई गर्ने क्रममा कुहिको अवस्थामा शव देखेपछि आफूहरुले जानकारी पाएको र पुरुषको शव नचिनिने अवस्था रहेको  प्रहरी निरिक्षक खत्रीले बताए।

शवलाई पोष्टमार्टनको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

प्रकाशित मिति: : 2022-11-14 12:44:00

प्रतिकृया दिनुहोस्