मंसिर ४, सबल सरकार

अन्नपूर्ण पोष्ट

डा. महेन्द्र विष्ट

नेपालको संसदीय इतिहासमा सातौं र संविधान निर्माणपछिको दोस्रो संसदीय निर्वाचन सम्मुखमा छ। मंसिर ४ को यो निर्वाचनले मुलुकलाई सबल सरकार दिन सक्ला ? विद्यमान निर्वाचन प्रणाली र जनमतको विश्लेषण गर्दा अधिकांशको जवाफ हुनेछ– सक्दैन।

किनभने सबल अर्थात् बलियो सरकार हुन प्रतिनिधिसभामा कुनै दलको स्पष्ट बहुमत आउनुपर्छ। त्यो सम्भावना अझै स्पष्ट छैन। तर, देशका लागि के आवश्यक छ भनेर प्रश्न गर्ने हो भने अधिकांशको जवाफ फेरि हुनेछ– राजनीतिक स्थायित्व।

के सरकारको स्थायित्वबिना राजनीतिक स्थायित्व सम्भव छ त ? छैन। किनभने यहाँ राजनीतिक स्थायित्वको सन्दर्भ प्रणालीको नभई सरकारको हो। सरकारको नीति र नेतृत्वको हो। सबल प्रधानमन्त्रीको हो। दूरदृष्टि र मुलुक निर्माणप्रति प्रतिबद्ध नेतृत्वको हो। समृद्धि र सुशासनको प्रत्याभूति गर्ने प्रधानमन्त्रीको हो। तोकिएको पूर्ण अवधि चल्ने सरकारको हो।

प्रकाशित मिति: : 2022-11-15 16:35:00

प्रतिकृया दिनुहोस्