चुनावी सुरक्षामा ३ लाख सुरक्षाकर्मी परिचालन, सेनाबाट हतियार सापटी लिएर काम चलाउँदै प्रहरी

लोकान्तर

काठमाडाैँ

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको सुरक्षा निकायले जनाएका छन् । २ दिन पछाडि अर्थात् ४ गते हुने निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाली प्रहरीले सुरक्षात्मक तयारीका सबै काम पूरा भएको जनाएका हुन् । 

नेपाली सेनाले निर्वाचनका लागि ७५ हजार सैनिकहरू खटाएको जंगी अड्डाले जनाएको छ ।

सैनिक प्रवक्ता सहायक–रथी नारायण सिलवालका अनुसार मतपत्र छपाइदेखि हवाइ गस्तीसम्म गरेर ७५ हजार सैनिक यो चुनावका लागि प्रत्यक्ष रूपमा खटिएका हुन् ।

प्रकाशित मिति: : 2022-11-18 13:23:00

प्रतिकृया दिनुहोस्