रोल्पा (क) मा माओवादीका जोखबहादुर महरा विजयी

रोल्पाको एउटा प्रदेशसभामा नेकपा माओवादी विजयी भएको छ। रोल्पा १(१) मा माओवादी नेता जोखबहादुर महरा १९ हजार ४२५ मतका साथ विजयी भएका हुन्।

नेकपा एमालेका उम्मेदवार कमल बुढाथोकीको ५ हजार ४ सय ५ आएको छ। वुढाथोकीलाई १४ हजार २० मतान्तरलाई पछि पार्दै महरा विजयी भएका छन्।

यस्तै राप्रपाका पदम बहादुर थापाले २ हजार ६० र राप्रपा नेपालका गन्ज बहादुर शाहीले ६१२ प्राप्त गरेका छन्। जम्मा २९ हजार ८८७ मत खसेको थियो। औपचारिक रूपमा घोषणा गर्न बाँकी छ।

प्रकाशित मिति: : 2022-11-23 11:01:00

प्रतिकृया दिनुहोस्