पाल्पा–२(क) मा वीरबहादुर राना विजयी 

पाल्पाको प्रतिनिधिसभा २ को प्रदेश सभा (क) मा वीरबहादुर राना निर्वाचित भएका छन्।

प्रदेशसभाको २ (क) मा नेपाली कांग्रेसका वीरबहादुर राना १६ हजार ३९ मतका साथ निर्वाचित भएका हुन्। उनका प्रतिष्प्रर्धी नेकपा एमालेका पर्सुराम भट्टराईले १३ हजार ९ सय ६४ मतका साथ उपविजेता भएका छन्। 

प्रदेश अन्तगर्तका बगनासकाली गाउँपालिकाका–९ वटा वडाहरु, तानसेन नगरपालिकाका १३ वटा वडाहरु र माथागढी गाउँपालिकाको चिदीपानी प्रदेश २(१) मा पर्दछन्। यहाँ रानाले २ हजार ७५ मतान्तरले विजयी भएका हुन्।

लुम्बिनी प्रदेशको उर्जा जलस्राेत तथा सिंचाई मन्त्री समेत रहेका राना नेपाली कांग्रेस पाल्पाको २ कार्यकाल (२०६७ देखी) पार्टी सभापति भएका थिए।

पाल्पाको वगनासकाली ७ खानिगाउँमा जन्मिएका राना २०७० सालको संविधानसभाको दोश्रो निर्वाचनमा प्रतिनिधिसभामा उपविजेता भएका थिए। राना २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रदेश समानुपातिक  सांसद हुन्। 

प्रकाशित मिति: : 2022-11-24 15:46:00

प्रतिकृया दिनुहोस्