नेपाली चेली परिजिता अमेरिकी द भ्वाइसको सेमिफाइनलमा

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

नेपाली किशोरी परिजिता बाँस्तोला अमेरिकी द भ्वाइसको २२औं संस्करणको सेमिफाइनलमा प्रवेश गरेकी छिन्।

उत्कृष्ट १० बाट ८ मा पुग्न उनले कयानाडाली गायिका एलेसिया काराको स्कार्स टु योर ब्युटिफुल गीत प्रस्तुत गरेकी थिइन्।

भ्याइसका चारजना नै निर्णायकहरूको कुर्सी घुमाउन सफल उनी जन लेजेन्डको टोलीमा छिन् ।

अमेरिकाको मेरिल्याण्ड राज्यको सेभेर्ना पार्कमा मार्च २२, २००५ मा जन्मेकी उनी १७ वर्षकी मात्र छिन् । 

सोल नामक ँयुजिकल ब्याण्डमा आवद्ध उनी ब्याण्डकी गीत सर्जक तथा गायिका हुन् ।

यसरी मतदान गर्न सकिन्छ परिजितालाई 
परिजितालाई उत्कृष्ट ५ मा पुर्याउन डिसेम्बर ५ मा मतदान गर्न सकिन्छ ।  NBC.com/VoiceVote  र The Voice Official App. डाउनलोड गरेर अमेरिकी पूर्वी समयअनुसार सोमबार साँंझ ८ बजेदेखि मंगलबार विहान ७ बजेसम्म  मतदान गर्न सकिन्छ।  

७ वर्षदेखि गाउँन थालेकी उनी ४ वर्षको उमेरदेखि नै गुगगुनाउन थालेकी थिइन् । 

उनी अहिले पनि अमेरिकाको पाँचौ ठूलो नेपाली डायस्पोरा रहेको मेरिल्याण्ड राज्यमा बस्छिन्। उनलाई जिताउन यहाँका नेपाली संघ संस्थाहरू अभियान चलाइरहेका छन् ।

उनीहरूले चलाएको अभियानले रङ्ग ल्याउँदा घरदेश तथा परदेशमा रहेका लाखौं नेपालीले मतदान गरिरहेका छन् ।  

अब ८ औ स्थानबाट  उत्कृष्ट ५ मा पुग्न ठूलो संख्यामा भोट आवश्यक पर्छ। त्यसका लागि घरदेश तथा परदेशमा रहेका नेपालीहरूलाई आव्हान गरिएको छ।

परिजिता अमेरिकी द भ्वाइसमा सहभागी हुने नेपाली मूलकी पहिलो नेपाली-अमेरिकी प्रतिभा हुन् ।

 

प्रकाशित मिति: : 2022-11-30 08:33:00

प्रतिकृया दिनुहोस्