सुकुम्वासी बस्तीमा प्रहरीलाई आक्रमण गर्नेहरुलाई कारबाही गर्न महानगरको पत्र

थापाथलिकाे सुकुमबासी बस्ती हटाउन खोज्दा आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही गर्न काठमाडौं महानगरपालिकाले प्रहरीलाई पत्राचार गरेको छ।

महानगरपालिकाले काठमाडौं प्रहरी परिसरलाई गरेको पत्राचारमा कारबाही गरिनुपर्ने व्यक्तिहरुको नामसमेत उल्लेख गरेको छ।

साेमबार दिउँसाे बस्ती खाली गर्न डाेजरसहित थापाथलिस्थित बागमती किनार पुगेकाे महानगर प्रहरीकाे टाेलीमाथि सुकुम्बासीहरुले आक्रमण गरेका थिए।

आक्रमणमा परेर केही प्रहरी घाइते भएका छन्। उनीहरुकाे उपचार भइरहेकाे छ।

प्रकाशित मिति: : 2022-11-30 17:23:00

प्रतिकृया दिनुहोस्