गृहमन्त्रीले सहकारी ठगीमा आफ्नाे संलग्नता नभएकाे बताएपछि पीडितहरूले बाेलाए आकस्मिक भेला

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नाे कुनै संलग्नता नभएकाे बताएपछि सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले आकस्मिक भेला बोलाएको छ।

आइतबारकाे प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री लामिछानेले सहकारीकाे रकम हिनामिनामा आफ्नाे संलग्नता नभएकाे दाबी गरेपछि अभियानले मंगलबार काठमाडौँमा विशेष छलफल गर्न लागेकाे हाे।

अभियानको केन्द्रीय कार्यालय बाँसबारीमा बिहान ११ बजेदेखि हुने भेलामा देशभरका सबै सहकारी पीडित, बचतकर्ता र तिनका प्रतिनिधिहरुलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको अभियानका अध्यक्ष तथा संयोजक कुशलव केसीले जानकारी दिए।

यता, कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग राखेर संसद अवरोध गर्दै आइरहेकाे छ।समिति गठन नभएसम्म बैठक चल्न नदिने कांग्रेसले चेतावनी समेत दिएकाे छ। तर गृहमन्त्रीले भने सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन्।

प्रकाशित मिति: : 2024-05-20 17:56:00

प्रतिकृया दिनुहोस्