पाल्पाको सुरुङ्गतुङ खोलामा पक्की पुल बन्ने,मन्त्री राना सहितको प्राविधिक टोलीद्धारा स्थलगत निरिक्षण

पाल्पाको सुरुङ्गतुङ खोलामा पक्की पुल बन्ने भएको छ।जिल्लाको तानसेन नगरपालिका १० स्थित तेल्घा (आमडाँडा) र सुरुङ्गतुङ (गडशाल) लाई जोड्ने गरि सुरुङ्गतुङ खोलामा पक्की पुल बन्ने भएको हो।

पक्की पुल नहुँदा वर्षदेखि वारपार गर्न सास्ती भोग्न बाध्य आमडाँडा,तेल्घा,बोखर,गुफाँचौर,गणशाल,सुरुङ्गतुङका स्थानियलाई सहजता हुने अपेक्षा स्थानियले गरेका छन।

लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री एवं नव निर्वाचित प्रदेश सभा सदस्य वीर बहादुर रानाको पहलमा पुलको प्रारम्भीक सम्भाब्यता अध्ययन गर्न पुगेको लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख इन्जिनियर सहितको टोलिले पुल बन्ने स्थान (सुरुङ्गतुङ खोला) को स्थलगत अवलोकन गरेको हो।

दैनिक संयौंको संख्यमा सो खोला भएर यात्रा गर्ने यात्रुलाई अब पुल बन्ने भएसँगै खुशीयाली छाएको छ। वर्षेनी बर्खायाममा तेल्घा,आमडाँडा भएर सुरुङ्गतुङ हुँदै गणशाल,प्रभास हुँदै तानसेनको यात्रामा निस्कने यात्रु ज्यान नै जोखिममा पारेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको स्थानिय मिना खाम्चा थापाले दुखेसो पोखे।

हामी यस भेगका स्थानिय बर्खायाममा ज्यानै धरापममा पारेर खोला तर्नुपर्ने बाध्यता थियो। अब पुल बन्ने भयो भन्दा खोलाले बगाएर ज्यान भने अब नजाने भयो भन्नेमा ढुक्क भयौं स्थानिय खाम्चा थापाले बताए। सो खोला भएर दैनिक सयौंको संख्यामा सवारी र यात्रु आवतजावत गर्ने गरेको स्थानिय जित बहादुर बस्येलले बताए।

यस अघि सामान्य कचवे बनाएर बर्खायाममा यात्रा गर्दै आएका थियौं अहिले सो कचवे पनि बगायों अबको यात्रालाई सहज बनाउने आशा पलाएको बस्येलले पुल बन्ने भएपछि खुशी हुँदै सुनाए। सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख ईन्जिनियर अरुण गुप्ताले प्रारम्भीक सम्भाव्यता अध्ययन गरेका छौं। अब पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पुल निर्माणको काम छिट्टै अघि बढाउँर्दै छौं प्रमुख ईन्जिनियर गुप्ताले भने।

लामो समयदेखि यस ठाउँमा पुल नहुँदा यसभेगका नागरिकले जोखिमपुर्ण तवरले यात्रा गर्नुपरेकोमा अब सुरुङ्गतुङ खोलामा आकर्षक पक्की पुल बन्ने उनले बताए। तानसेन नगरपालिका भित्रको वडाबस्तीमै जोखिम मोलेर यात्रा गर्नुपर्ने यस भेगका स्थानियको समस्यालाई मध्यनजर गरेर सुरुङ्गतुङ खोलामा पक्की पुल बनाउन भौतिक पूर्वाधार विकास मन्त्रलायसँग समन्वय गरेर पुल निर्माणको प्रक्रिया अगाडी बढाएको लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री एवं लुम्बिनी प्रदेश सभाका नव निर्वाचित प्रदेश सभा सदस्य वीर बहादुर रानाले जनाए।

पहिलो चरणमा पुल बन्ने स्थानको स्थलगत प्रारम्भीक सम्भाव्यता अध्ययन प्राविधिक टोलिले गरेपछि पुल निर्माणको काम सुरु गर्न निर्देशन दिएको मन्त्री रानाले जानकारी दिए। सुरुङ्गतुङ खोलामा पक्की पुल बनेपछि तानसेन नगरपालिका वडा नं १० का तेल्घा,सुनडाँडा,आमडाँडा,गुँफाचौर,बडरबोट,सुरुङ्गतुङ,गणशाल,धरमपानि,प्रभासहुँदै सदरमुकाम तानसेन देखि बुटवल सम्म आवतजावतमा सहजता हुने आशा स्थानियले गरेका छन।

पुलको स्थलगत अनुगमन तथा निरिक्षणमा तानसेन नगरपालिका ७ का निर्वतमान वडा अध्यक्ष माधव जिसी,वडा नं १० का वडा अध्यक्ष हिमलाल पंगेनी,समाजसेवी कृष्ण राना,दिपक कार्की लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2022-12-04 20:27:00

प्रतिकृया दिनुहोस्