सर्वाेच्च गेटमा धर्ना बसेका वकिलहरूमाथि जुत्ता प्रहार, तारा बराल पक्राउ

सर्वाेच्च अदालतको गेटमा धर्ना दिइरहेका कानुन व्यवसायीहरूमाथि सामाजिक अभियन्ता तारा बरालले जुत्ता प्रहार गरेकी छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र सर्वोच्चमा पठाएपछि अदालत परिसरमा कानुन व्यवसायीहरूले धर्ना दिइरहेका छन्। साेही क्रममा चोलेन्द्रको समर्थनमा सर्वाेच्च परिसरमा आएकी अभियन्ता बरालले वकीलहरूमाथि जुत्ता प्रहार गरेकी हुन्।

धर्ना दिइरहेका वकीलहरूको विरोध गर्दै बरालले आफूले लगाइरहेको जुत्ता फुकालेर उनीहरूमाथि प्रहार गरेकी हुन्। अहिले उनलाई प्रहरीले पक्राउ गरिसकेको छ।

चोलेन्द्र अदालत फर्किने भएपछि उनलाई रोक्न सर्वाेच्च गेटमा कानुन व्यवसायीहरू धर्नामा बसिहरेका छन्।

गत १ फागुनमा दर्ता भएको जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र संघीय संसद सचिवालयले बुधबार जबरासहित राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पठाएको छ। 

प्रकाशित मिति: : 2022-12-07 15:30:00

प्रतिकृया दिनुहोस्