एक्कासि चोलेन्द्र ‘चोख्याउने’ चलखेल

अन्नपूर्ण पोष्ट

दिनेश गौतम / तारा चापागाईं

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू विरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको जानकारी गराइदिन संसद् सचिवालयका महासचिव भरत गौतमलाई मंगलबार निवेदन लेखे। महासचिव गौतमले बुधबार बिहानै जबरालाई ‘क्लिन चिट’ दिए। अर्थात्, जबराविरुद्ध महाभियोग निष्क्रिय भएको ठहर गरिदिए। 

हासचिव गौतमले त्यससम्बन्धी पत्र राष्ट्रपति कार्यालयदेखि सर्वोच्च अदालतसम्म पठाइदिए। महासचिवबाट ‘क्लिन चिट’ पाएपछि जबराले बुधबार नै प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्च फर्कने जानकारी गराए। यो सूचना लगत्तै सर्वोच्च प्रशासन र कानुन व्यवसायीबीच हल्लीखल्ली मच्चियो। जबरालाई सर्वोच्चमा प्रवेश नदिने भन्दै कानुन व्यवसायी सर्वोच्चको गेटमा विरोधमा उत्रे। जबरा सर्वोच्च त फर्केनन, तर दिनभर सर्वोच्च अशान्त बन्यो। न्याय क्षेत्रको विवाद छताछुल्ल भयो। 

प्रकाशित मिति: : 2022-12-08 11:24:00

प्रतिकृया दिनुहोस्