समानुपातिकबाट पनि ठूला नेताकै प्रवेश

अनलाइनखबर

काठमाडौं
online khabar
online khabar

समानुपातिक निर्वाचन पद्धतितर्फबाट पनि पटक पटक सांसद भइसकेका पार्टीका वरिष्ठ नेताहरु नै प्रतिनिधिसभामा प्रवेश गर्ने भएका छन्।

४ मंसिरको चुनावमा समानुपातिक पद्धतितर्फ पाएको मतको आधारमा निर्वाचन आयोगले सांसद संख्या किटान गरी दलहरुसँग नामावली माग गरेको थियो। आयोगले मागेअनुसार शनिबार अपरान्ह नामावली बुझाएका दलहरुले यसअघि संसदमा पटक पटक अवसर पाएका, मन्त्री भइसकेका र पार्टीमा पदाधिकारी भइसकेकाहरु नै चयन भएका हुन्।

 

प्रकाशित मिति: : 2022-12-11 06:04:00

प्रतिकृया दिनुहोस्