गायक सुवास पोखरेलको स्वरमा रहेको ‘बिहे गर्दिन’ सार्वजनिक

गायक सुवास पोखरेलको स्वरमा रहेको ‘बिहे गर्दिन’ गीतको भिडियो सार्वजनिक भएको छ।

सुवास पोखरेलको शब्द तथा संंगीतमा र लक्षु प्रकाश मल्लको एरेन्जमा रहेको गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ।

फरक ढंगबाट निमार्ण गरिएको गीतमा जीवनको रमाइलो पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ।

दिनेश पराजुलीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा याम गुरुङको कोरियोग्राफी तथा निर्देशन रहेको छ। गीतको भडियोमा लोमश शर्मा, याम गुरुङ, सेजल पौडेल, पार्वती चौधरीलगायतको फिचरिङ रहेको छ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् 

प्रकाशित मिति: : 2022-12-26 11:31:00

प्रतिकृया दिनुहोस्