सरकारमा नजाने आङ्बोको व्यक्तिगत निर्णय : जीवन आचार्य

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारमा सहभागी नहुने घोषणाको माओवादीकै सांसदहरुले विरोध गरेका छन्।

माओवादीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य जीवन आचार्यले प्रदेश सांसदहरुसंग सल्लाह नगरी दलका नेताले सरकारमा सहभागी नहुने घोषणा गरेको बताए। सरकारमा नजाने निर्णय आङ्बोको व्यक्तिगत निर्णय भएको उनले बताए।

‘प्रदेश सांसदहरुसंग कुनै सल्लाह नगरी उहाँले एक्लै यो निर्णय लिनुभएको हो,’ आचार्यले भने, ‘मैले त मिडियामा समाचार आएपछि मात्र थाहा पाएँ।’

पार्टी केन्द्रीय, प्रदेश कमिटी तथा प्रदेशका सांसदसमेतलाई थाहा नदिइ घोषणा भएको आचार्यको भनाई छ।

प्रदेश १ मा माओवादीका १३ सांसद छन्। दलका नेता आङ्बो जसरी पनि प्रदेशमा आधा कार्यकाल आफूले मुख्यमन्त्री पाउनुपर्ने लबिङमा छन्।

प्रकाशित मिति: : 2023-01-09 12:23:00

प्रतिकृया दिनुहोस्