प्रदेश १ मा तीन जना मन्त्री बन्दै, आजै शपथ ग्रहण

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका छन्।

सत्ता साझदेर दल नेकपा माओवादी केन्द्रले तत्काल सरकारमा सहभागी नहुने बताएपछि मुख्यमन्त्री कार्कीले एमाले, राप्रपा र जसपाबाट एक/एक जनालाई मन्त्री नियुक्त गरेका हुन्।

एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्तिप्रसाद सिटौला र जसपाबाट निर्मला लिम्बू मन्त्रीमा नियुक्त भएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।

मेन्याङ्बो ताप्लेजुङको प्रदेशसभा (१) बाट र सिटौला झापा क्षेत्र नम्बर ४ को प्रदेश (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। लिम्बू भने जसपाकी समानुपातिक सांसद हुन्।

उनीहरू बिनाविभागीय मन्त्रीमा नियुक्त भएको उनले बताए। नवनियुक्त मन्त्रीकाे शपथ ग्रहण आजै हुने छ।

प्रकाशित मिति: : 2023-01-09 14:59:00

प्रतिकृया दिनुहोस्