अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘जेरी–२’ मा अभिनेत्रीको रुपमा आना शर्मा छानिएकी छन्। आना र निर्माण टिमबीच फिल्ममा सहकार्यबारे सम्झौता भएको हो।
करिब ८ वर्ष अगाडि अभिनेता केसीकै जोडीको रुपमा ‘जेरी’बाट अभिनयमा त्रिभिएकी आनाले फेरि उनैसँग पर्दामा रोमान्स गर्ने भएकी हुन्। यस अगाडि पूर्णिका सिंजापति पनि नायिकाको रुपमा फाइनल भइसकेकी छन्।
एक महिनापछि छायांकन सुरु हुने फिल्मका लागि अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्र लोकेशनको लागि तय गरिएको छ। सगरमाथा क्षेत्रमा यसअघि अनमोल र सुहाना थापा स्टारर ‘ए मेरो हजुर ३’ छायांकन भएको थियो।