अमेरिकाद्वारा युक्रेनलाई ३१ अब्राहम ट्यांक दिने घोषणा

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकाले युक्रेनमा ३१ अब्राम ट्यांक पठाउने घोषणा गरेको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार यस्तो घोषणा गरेका हुन् । 

 जमर्नीले १४ लेपर्ड २ ट्यांक पठाउने घोषणा गरेलगत्तै अमेरिकी राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन् ।

उनले अमेरिकी ट्यांकहरू युक्रेनको सम्प्रभुता जोगाउनका लागि पठाइएका बताउँदै कुनै अर्को देशमा आक्रमणका लागि नपठाइएको बताए । उनले यो युद्ध जतिसक्दो चाँडो सकिनुपर्ने धारणा पनि राखे ।

केही दिनयता युक्रेनका राष्ट्रपति जेलेन्स्कीले नाटोसम्बन्ध पश्चिमा राष्ट्रहरूसँग सहयोगको याचना गरिरहेका थिए  । चाँडै नै रूसले ठूलो आक्रमणको योजना बनाएकाले त्यो आक्रमण अगाडि नै युक्रेनका गुमेका भूभागहरू फिर्ता लिन हतियार आवश्यक रहेको उनले बताउदै आएका थिए ।

उनले पूर्वी शहर सोलेदारबाट युक्रेनी सेनाहरू फिर्ता भएको बताउँदै मस्कोले बाख्मुतमा दबाब "तीव्र" बनाएको पनि पुष्टी गरेका छन् ।

यसैबीच जर्मनीका लागि रूसी राजदूतले जर्मनी र अमेरिकाको यो निर्णय उनीहरूको निम्ति प्रयुत्पादक हुने चेतावनी दिएका छन् । 

ट्यांक दिने घोषणासँगै युक्रेनमा अरू युद्ध चर्किने सम्भावना बढेर गएको छ । 

अमेरिकामा राष्ट्रपतिहरू कुनै समस्यामा परे वा अलोकप्रय भए भने विदेशमा आक्रमण गर्ने वा आफ्नो सैनिक उपस्थिति बढाएर अमेरिकीको ध्यान त्यतातिर तान्ने पुरानै रणनीति हो । गोप्य कागजात छानबिनका कारण संकट ब्यहोरिरहेका राष्ट्रपति बाइडनले पनि त्यही उपाय अपनाएको अमेरिकी राजनीतिक पण्डितहरूले विश्लेषण गरेका छन् । 

प्रकाशित मिति: : 2023-01-26 07:22:00

प्रतिकृया दिनुहोस्