अमेरिकी उपविदेशमन्त्री नेपालका लागि प्रस्थान, आजै काठमाडौं पुग्दै

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकी राजनीतिक मामिला हेर्ने उपउपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड नेपालको दुईदिने भ्रमणका लागि वासिङ्टन डीसीबाट प्रस्थान गरिसकेकी छिन्।

उनी आजै काठमाडौं पुग्ने वासिङ्टन डीसीमा अमेरिकी विदेश विभागका एक उच्च अधिकारीले ब्रेक एन लिंक्सलाई बताए।  

उनी नेपालमा अमेरिकी स्वार्थहरूकोरक्षा गर्न अमेरिका पूर्ण रूपमा लागिपरेको सन्देश दिन नेपाल भ्रमणमा निस्कन लागेको बताइएको छ। अमेरिकाको अहिलेको स्वार्थ भनेको पूर्ण रूपमा यथाशीघ्र एमसीसी लागु गराउँदै इण्डो प्यासिफिक रणनीतितिर नेपाललाई धकेल्नै नै हो। 

तीनजना अमेरिकी राष्ट्रपतिहरूसँग काम गरिसकेकी नुल्याण्डसँग साँढे तीन दशक काम गरेको अनुभव छ। 

उनले आफ्नो दुईदिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', परराष्ट्रमन्त्री विमला राइ पौड्याल र ठूला दलका शीर्ष नेताहरूलाई भेट्नेछिन्।

झन्डै साढे तीन दशकको कूटनीतिक अनुभव भएकी उनले अमेरिकाका तीन राष्ट्रपतिहरूसँग निकट रहेर काम गरेकी छन्।

प्रकाशित मिति: : 2023-01-29 09:33:00

प्रतिकृया दिनुहोस्