शहीदमार्ग 'मृत्युमार्ग'जस्तै बनिरहेकाे छः ईश्वरी जीएम (भिडियाे)

नेकपा (एमाले)की केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ईश्वरी जीएमले शहीदमार्गलाई 'मृत्युमार्ग'काे सज्ञा दिएकी छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद जीएमले दाङको घोराहीदेखि रुकुमको मैकोटसम्म जोड्ने शहीद मार्ग ४० वर्षअघि भएपनि हालसम्म कालोपत्रे नभएकाे बताएकी हुन्।

रोल्पाभरि हालसम्म ६० किलोमिटर सकड मात्रै कालोपत्रे भएको बताउँदै सांसद जीएमले भनिन्, 'रोल्पालीहरूले कालेपत्रे भएको सडकमा यात्रा गर्न अझै कति वर्ष कुर्नुपर्ने हाे? शहीदमार्ग 'मृत्युमार्ग'जस्तै बनिरहेकाे छ।'

प्रकाशित मिति: : 2023-02-01 13:55:00

प्रतिकृया दिनुहोस्