डाइनमिक पब्लिक लाइब्रेरीलाई स्वतन्त्र मनको सहयोग

डाइनमिक पब्लिक लाइब्रेरी दमकलाई आज स्वतन्त्र मन दमकले ३ दर्जन पुस्तक प्रदान गरेको छ।  

स्वतन्त्र मन दमक संयोजक असोक थापाले लाइब्रेरीको कार्यलयमा पुगेर बिभिन्न किसिमका नयाँ तथा पुराना पुस्तक गरेका हुन्। 

अनिलमान सिंह प्रधान,इन्द्र लामा,स्थानिय सुर्यप्रसाद गौतम, ज्योति भट्टराई सन्चारकर्मी  टिका सिम्खडा,तेजन खड्का लगायतको सहभागितामा उक्त पुस्तक हस्तान्तरण गरिएको हो। 

स्वतन्त्र मनका संयोजक थापाले ज्ञान अभिबृद्धि गराउने उदेश्य अनुरुप पुस्तकालयमा आउने पाठकको चाहानाका पुस्तकमा कुनै कमि नहोस भनि सहयोग गरिएको बताए। 

‘पुस्तकालयको औँचित्य कम भएको छैन्, झन् बढेको छ तर पुस्तकालय सञ्चालनमा कठिनाइ छन्’ – स्वतन्त्र मनका संयोजक थापाले भने, ‘यहाँहरूको अभियानमा हामीहरुले सानो सहयोग गरेको हौ, थोरै भए पनि पुस्तकालयको हित हुनेछ भन्ने विश्वास लिएको छु।’ 

पुस्तकालयका अध्यक्ष भेषराज न्यौपानेले  स्वतन्त्र मनलाई धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगमा पुस्तकालय अझ समृद्ध बन्ने धारणा गरे।

प्रकाशित मिति: : 2023-02-02 14:45:00

प्रतिकृया दिनुहोस्