अमेरिकी आकाशमा संदिग्ध चिनियाँ बेलुन, तनावमा अमेरिका-चीन सम्बन्ध

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकी आकाशमा संदिग्ध चिनियाँ बेलुन उडिरहेको घटनाले अमेरिकामा एक किसिमको राजनीतिक तरङ्ग उत्पन्न भएको छ । यसले यसै पनि चिसो रहेको अमेरिका र चीनको सम्बन्ध थप चिसिएको छ । 

अमेरिकाले बेलुनमार्फत चीनले जासुसी गरिरहेको आशंका गरेको छ  भने चीनले बेलुन मौसम अनुसन्धानका लागि प्रयोग गरिएको बताएको छ। शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै सीमित स्टेयरिङ क्षमता भएको बेलुन हावाले योजनाबद्ध मार्गबाट ​​टाढा धकेलिएको बताएको छ । उसले घटनाप्रति खेद प्रकट गर्दै यसलाई अन्यथा नबुझ्न आग्रह गरेको छ ।

चीनको यो स्पष्टिकरणबाट अमेरिका पूर्णत: सन्तुष्ट नभए पनि केही आश्वस्त भएको देखिन्छ ।

यसैबीच बेलुनलाई मोन्टानामा गोली हानेर खसाल्ने निर्णयबाट अमेरिका पछाडि हटेको छ । बेलुन खसाल्दा अमेरिका चीन सम्बन्धमा तनाव बढ्ने मात्र हैन, त्यसबाट सिर्जना हुन सक्ने  सम्भावित मानवीय जोखिम पनि  हुन सक्ने  देखिएपछि अमेरिका पछि हटेको अनुमान गरिएको छ ।

अमेरिकी आकाशमा संदिग्ध चिनिया बेलुन देखिएपछि अमेरिका-चीन सम्बन्धमा तनाव बढेको छ । चीनले बेलुन आफ्नो भएको बताउँदै  हावाले धकेलिएर अमेरिका पुगेकोमा खेद प्रकट गरेको छ । तर,  त्यतिमा सन्तुष्ट नभएको अमेरिकाले  भने विदेशमन्त्री ब्लिआकनको आसन्न चीन भ्रमण नै रद्द गरेको छ ।  

यसरी तत्कालका लागि केही अप्रिय घटना नघटे पनि अमेरिका र चीनको सम्बन्धमा भने तनाव अरू बढेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको आसन्न बेइजिङको यात्रा स्थगित भएको छ ।राष्ट्रपति बाइडेन, विदेशमन्त्री ब्लिन्केन र शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी संलग्न बैठकले ब्लिन्केनको चीन भ्रमण स्थगित गर्ने निर्णय गरेको हो । 

नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ राष्ट्रपति सी जिनपिङको भेटपछि सुधारिदै गएको अमेरिका र चीनबीचको सम्बन्ध यो घटनाबाट फेरि उल्टो दिशामा धकेलिएको  अनुमान गरिएको छ । 

प्रकाशित मिति: : 2023-02-03 23:05:00

प्रतिकृया दिनुहोस्