रास्वपा बैठकमा पत्रकारकाे घुँइचाे, बैठक ४ बजेअघि नसकिने (तस्बिरहरू)

पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे संसदीय दल र केन्द्रीय कमिटीको संयुक्त बैठक जारी छ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बिहान साडे ११ बजेदेखि सुरु भएकाे बैठकमा सरकारमा रहने वा नरहने विषयमा छलफल भइरहेकाे छ।

निर्णायक भनिएकाे साे बैठकलाई विशेष महंत्वका साथ हेरिएकाे छ। भित्र बैठक जारी रहँदा कार्यालयबाहिर पत्रकार र कार्यकर्ताकाे घुँइचाे लागेकाे छ। बैठक ४ बजेसम्म सकिने अनुमान गरिएकाे छ।

प्रकाशित मिति: : 2023-02-05 15:12:00

प्रतिकृया दिनुहोस्