समाजवादको पुनर्दाबी

अनलाइनखबर

अशेष घिमिरे

इतिहास भनेको घटना र तिथिमितिको विवरणहरू मात्र होइन, ति घटना र तिथिमितिलाई कसरी सम्झन्छौँ भन्ने कुरा पनि हो ।

एकपटक नेपालकै कम्युनिष्ट आन्दोलनलाई हेरौँ, केही समय अगाडि हाम्रो देशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको शक्तिशाली कम्युनिष्ट पार्टी थियो । यसले वाम रूपान्तरणको थालनीका लागि पुँजीवादबाट ‘डिपार्चर’को सुरुवात गर्ने महत्वपूर्ण अवसर प्राप्त गरेको थियो । संसदमा करिब दुई तिहाइको शक्तिमा उपस्थित थियो । यसले पुँजीवादबाट समाजवादमा संक्रमणका लागि धेरै हदको नीति बनाउन सक्थ्यो ।

कृषि क्रान्तिका लागि आवश्यक कानुनी व्यवस्था तथा राजकीय संरक्षण, भू–उपयोग नीतिको निर्माण र प्रयोग, राजकीय तथा सार्वजनिक लगानीको विस्तार गरी रोजगारीको सिर्जना, स्वास्थ्य तथा शिक्षामा सार्वजनिक लगानीको विस्तार, ऊर्जा तथा सार्वजनिक यातायातको सुदृढीकरण गर्न सक्थ्यो । वित्तिय तथा दलाल पुँजीवादमाथि नियन्त्रण, उत्पादनमुलक क्षेत्रमा बैंकको लगानी स्थानान्तरणको थालनी, उद्योगधन्दा तथा कलकारखानाको विस्तार र यसमा राजकीय लगानीका क्षेत्रहरूको निर्धारण तथा प्रयोग गर्न सक्थ्यो ।

प्रकाशित मिति: : 2023-02-09 16:53:00

प्रतिकृया दिनुहोस्