मिस नेपालको अडिसन इटहरीवाट सुरु

File photo
File photo

मिस नेपाल–२०२३ को अडिसन सुनसरीको इटहरीबाट सुरु भएको छ।

दि हिडन ट्रेजरका अनुसार २८ माघबाट इटहरीवाट अडिसन सुरु भएको हो। इटहरीपछि वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढीमा र अन्त्यमा काठमाडौं अडिसन गर्ने तयारी रहेको उक्त ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले जानकारी दिए।

यसअघिको संस्करणदेखि मिस नेपालले देशव्यापी पहुँच पुर्‍याउन हिडन ट्रेजरले क्षेत्रीय अडिसनको पनि थालनी सुरु गरेको हो। मिस नेपाल–२०२३ को फाइनल भने आगामी १३ जेठमा ललितपुरको गोदावरीमा  हुनेछ। जसमा मिस नेपाल २०२३ उपाधी घोषणा गरिनेछ। 

प्रकाशित मिति: : 2023-02-11 16:10:00

प्रतिकृया दिनुहोस्