'बहाव' फिल्मको पोस्टरमा यस्तो देखिइन् अभिनेत्री सुरक्षा पन्त

File photo
File photo

अभिनेत्री सुरक्षा पन्त अभिनीत फिल्म 'बहाव' को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्म आगामी चैत २४ गतेदेखि प्रदर्शनमा आउदैँ छ।

प्रमोद कँडेलको लिखित तथा निर्देशित रहेको फिल्मको पोस्टरमा अभिनेत्री सुरक्षाले पिंजडामा रहेको सुँगालाई हातमा लिएको पोस्टर सार्वजनिक भएको हो। फिल्मको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित छ। निर्देशक कँडेलले सुरक्षामार्फत फिल्मको थिमलाई प्रस्तुत गरिएको बताए।

श्रीधर पौडेलले निर्माण गरेको फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ।

कार्तिकेय स्मिता कर्नाटकले छायांकन गरेको फिल्मलाई सुजन बडालले सम्पादन गरेका छन्। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ।

प्रकाशित मिति: : 2023-02-13 20:35:00

प्रतिकृया दिनुहोस्