आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिवि मैदानमा भइरहेको खेलमा नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङको जिम्मा पाएको नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको हो। नेपालका करण केसीले ५ विकेट लिए भने, पाँच महिनापछि मैदान आएका सन्दीपले ३ विकेट लिए।
यता, नेपालका लागि सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिए।