सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
हर्कबहादुर लामगादे ‘रोहित’
मणिपुरका गोर्खाली समाजले हरेक वर्ष ८ जुनलाई ‘शहीद दिवस’ को रूपमा मनाउँदछ। सन् १८९१ जुन ८ का दिन मणिपुरमा अङ्ग्रेज शासकले निरञ्जन सिंह क्षेत्रीलाई फाँसी चढाएको थियो।
हरदोई, भारत निवासी गोर्खापुत्र दरिया सिंहका छोराले हाँसी–हाँसी फाँसीको फन्दालाई सहर्ष स्वीकारे । आफ्नो जाति र राष्ट्रको शीर उचो पारे । अङ्ग्रेज शासनविरूद्ध स्वतन्त्रताका लागि प्राण न्यौछावर गरे। उनको अविस्मरणीय त्याग एवम् बलिदान गोर्खा भारतमा जातिले गरेको प्रथम आहुति हो।
उन्नइसौं शताब्दीको अन्तिम दशकमा मणिपुर प्रान्तका युवराज टिकेन्द्रजीत सिंहले उनलाई सुवेदारको पदमा आसीन गराए । आफ्नो अंगरक्षकको रूपमा नियुक्त गरी अहम् भूमिका दिए।
मणिपुर सेनाको सुवेदार पदमा कार्यरत हुनुअघि वीर निरञ्जन सिंह अङ्ग्रेज सैनिकको ३४ नेटिभ इन्फेन्ट्रीमा सैनिकको रूपमा पनि सेवा दिए। उनले अपरिहार्य कारणले अङ्ग्रेज फौजको सेवा छोडेर कलकत्ता हुँदै रंगुन अनि मणिपुर पसे । अनि युवराज टिकेन्द्रजीतको सेवामा नियुक्त भए।
उनलाई सधैँ याद राख्ने घटना भने १८९१ मार्च २२ मा भएको अंग्रेजविरूद्ध लडाइँमा उनले शौर्यतासँग लडेको हो। त्यो लडाइँ अङ्ग्रेजले हार्योि तर अङ्ग्रेज कूटनीति एवम् छलमा निपुण हुनाले २३ अप्रिल १८९१ को युद्धमा मणिपुर सैनिकको हार भयो।
अङ्ग्रेजले कैयौँ स्थानीय सैनिकलाई विभिन्न अभियोगमा थुन्यो, जसमध्ये सुवेदार निरञ्जन सिंह क्षेत्री पनि एक अभियुक्त थिए। क्रूर अंग्रेजको यातना र दण्ड उनले पनि सहर्ष देशका लागि सहे।
सुवेदार निरञ्जन सिंह क्षेत्रीसहित अरू चार जना वीर स्थानीय सैनिकलाई अङ्ग्रेजको 'चिफ पोलिटिकल अफिसर, मणिपुर फिल्ड फोर्स' को अदालतमा पेश गरिए। अदालतले अङ्ग्रेज विरूद्ध युद्ध गरेको अभियोगमा फाँसीको सजा सुनाए।
ती पाँच शहीदको नाम अनि शहीद भएको दिन यस प्रकार छ- १. पुख्रुम्बम काजाउ (२४ मे १८९१) २. सुवेदार निरञ्जन सिंह क्षेत्री (८ जुन १८९१) ३. युवराज टिकेन्द्रजीत सिंह (१३ अगस्त १८९१) ४. थांगल जेनेरल (१३ अगस्त १८९१) ५. चिराई नागा ( १३ अक्टुबर, १८९१)। यी पाँचै शहीदहरूको स्थानीय समाजले फाँसी दिएको दिनलाई ‘शहीद दिवस’ को रूपामा मनाउँछन्।
नेपाली भाषी, गोर्खा समाजका लागि शहीद सुवेदार निरञ्जन सिंह क्षेत्री गौरवका प्रज्वलित दीपक हुन्। उनको वीरता एवं शौर्यताको गाथा गोर्खा जातिले सुनी आइरहेको छ। उहाँको कृतिलाई कालान्तरसम्म जिउँदो राख्न यही वर्ष मणिपुरका गोर्खा समाजका साहित्यकार, कलाकार एवं गोर्खाली संस्थाको प्रयासमा शहीद निरञ्जन सिंह क्षेत्रीको शालिक मूर्तिको अनावरण गत ७ मार्च, २०२० मा कांग्लातोङ्बी, मणिपुरमा भयो।
गोर्खा जातिका दीपक, हाम्रो समाजका प्राण एवं पहिचान सुवेदार निरञ्जन सिंह क्षेत्रीलाई ‘शहीद दिवस’मा शत्–शत् नमन!
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया