नेपाल र स्कटल्याण्ड भिड्दै

फाइल तस्बिर
फाइल तस्बिर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) विश्वकप क्रिकेट लिंग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला अन्तर्गत आज नेपाल र स्कटल्याण्ड भिड्दै छन्।

खेल कीर्तिपुरस्थित टीयू मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ। 

कीर्तिपुरखेल मैदानमा बुधबार भएको खेलमा स्कटल्याण्डले नामिबियालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै लिग २ को विजेता बनेको थियो। नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईंको प्रशिक्षणमा नेपाललले पहिलो पटक नामिबियालाई मगंलबार हराएको थियो।

२५ खेलमा नौ मा जित र १४ खेलमा हार बेहोरेको नेपाल २० अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा छ।

प्रकाशित मिति: : 2023-02-17 07:53:00

प्रतिकृया दिनुहोस्